ब्रेकिङ स्टोरी « Khabarhub

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको छ । फिक्कल गाउँपालिका नवलपुरस्थित सुनकोशी नदीमा कार खसेको हो । कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ हिँडेको छ । कारमा कति यात्रु थिए भन्ने स्पष्ट भइसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।