ब्रेकिङ स्टोरी « Khabarhub

आजबाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज सकिँदै छ । राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।…