ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्री पुगे अबुधाबीस्थित नेपाली राजदूतावास, सेवा प्रवाह चुस्त बनाउन निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन यूएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।