समाचार Archives | Page 1578 of 8704 | Khabarhub Khabarhub

वर्षाका कारण आन्तरिकतर्फको हवाइ सेवा प्रभावित

काठमाडौँ– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो । आन्तरिक तर्फको उडान बिहान ७ बजेदेखि नै डिले भइरहेका छन् । अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन् । काठमाडौँ उपत्यका लगायत देशभर वर्षा भइरहेको छ ।