समाचार « Khabarhub

सिट्ठी बजाउँदै बालेनविरूद्ध सुकुम्वासीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं- सुकुम्वासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आफूलाई जबरजस्ती उठीबास लगाएको भन्दै भूमिको अधिकार सुरक्षित गर्न माग गरेका हुन्। प्रदर्शनकारीले होइ सरकार होइ-मेरो घर खोइ, जनताको सरकार कि डोजरे सरकार ?, सिंहदरबार रमायो-सुकुम्वासी रुवायो, नेताको महल ठिक-गरिबको टहरा बेठिक जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।