समाचार « Khabarhub

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं- नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता कायम राखेका छन्।  भण्डारीले १५०७ मत ल्याउँदा मधु आचार्यले ७११ मत ल्याए । धनराज गुरुङको मत ४०६ हुँदा गोविन्द भट्टराईको मत ६०९ रहेको छ ।  कांग्रेस १४औं महाधिवेशनका उपसभापति रहेका गुरुङ अहिले चौथो स्थानमा स्थानमा छन् ।