Live on
Your Voice, Your Power
रौतहट– मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाई अन्याय गरेको उनी माथि आरोप लागेको छ।