समाचार « Khabarhub

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं- कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका हुन्। आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोका सम्बन्धमा…