समाचार « Khabarhub

जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो । बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाका…