समाचार « Khabarhub

सभामुखको शपथ सोमबार

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।