समाचार « Khabarhub

बैतडीमा मध्यरातमा भूकम्प

काठमाडौं - मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो। रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।