Live on
Your Voice, Your Power
काठमाडौं- लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । लामो समयदेखि सञ्चालित पुलको अवस्था नाजुक छ । नाजुक अवस्थाको पुलको समयमा मर्मत-सम्भार नहुँदा धोबी खोलामा आएको बाढीका कारण भासिएको हो । अहिले पुलमा मर्मतसम्भार सुरु गरिए पनि सवारीसाधान चलाउन जोखिमयुक्त छ ।