राजनीति « Khabarhub

विमलेन्द्र निधिको घरमा पनि आगजनी

काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको घरमा आगजनी भएको छ ।  आन्दोलनकारी समूहले उनको बानेश्वर हाइटस्थित निवासमा आगजनी गरेका हुन् ।  जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीहरू नेताहरूका घरमा आगजनी गर्दै हिँडेका छन् । उनीहरूले केहीबेर अघि कांग्रेस महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका थिए ।