राजनीति « Khabarhub

प्रदीप ज्ञवालीको टिप्पणी : मुलुक गम्भीर भूराजनीतिक संकटतिर जाँदैछ, प्रधानमन्त्री जिस्किँदै बसेका छन्

काठमाडौं- नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख राजनीतिक दलहरू आन्तरिक विषयमा अल्झिरहँदा राष्ट्रिय मुद्दा ओझेलमा पर्न थालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमाले र नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक पार्टीहरू आन्तरिक समस्या र मतभेदसँग जुझिरहेको उल्लेख गरेका छन्। नीति, निर्णय, संगठन, कार्यशैली र नेतृत्वका विषयमा मतान्तर देखिनु स्वाभाविक भए पनि ती समस्याको समाधान…