Live on
Your Voice, Your Power
काठमाडौं - एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ । एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरे । जीतसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । जीतसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ ।