Live on
Your Voice, Your Power
काठमाडौँ– बाल यौन दुराचारमा दोषी ठहर भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका १३ का छबिलाल रासकोटीलाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बाँकेले ३ वर्षको कैद र ३ हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । २०७७ मा फरार भएका उनलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ ।