आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान
सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

 

बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।

ओली-प्रचण्ड वार्ता 

मेयर बालेनबारे ओलीको टिप्पणी :सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो
निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

बिहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् ।

निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ :प्रधानमन्त्री

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

एकैपटक ४८ जना उपसचिवको सरुवा 

आर्थीक

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।

मन्त्री पुनले बुधबार पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् ।


छलफलमा सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाएका छन् ।

पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न, प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न सुझाव दिइएको छ ।

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।

बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।

आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५०० रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

देशका चार सय ३६ स्थानमा डढेलो

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

चितवन निकुञ्जमा गस्तीमा गएका सैनिक सहकर्मीको गोली लागेर घाइते

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर
काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क |(एक्युआई) एक सय ६२ पुगेको छ ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

काठमाडौंमा वायु प्रदूषणको कहर

सेती नदीमा बेपत्ता भएका एक जनाको शव फेला

कर्णालीमा डुबेर एक जना बेपत्ता

खेलकुद

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी-२० सिरिज
नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगावै गुमाएको छ। बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।


नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९(१९ रन बनाएका थिए । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाएका थिए ।

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

अन्तर्राष्ट्रिय…

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन
चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्य लागि निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)पछिको अवस्थालाई व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिएका हुन्।


सो प्रान्तको मेझोउ शहरको मेझोउ–डाबु एक्सप्रेसवेको चयाङ खण्डमा भूस्खलन हुँदा बिहीबारसम्म, प्रकोपले ३६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको स्रोतले जनाएको छ ।

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो?

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ८ : ०५ बजे

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो