आजका समाचार : बीआरआई अघि बढ्ने निश्चित, रविविरुद्ध पर्सामा पनि पुर्जी र रोचक बन्दै एनपीएल क्रिकेट | Khabarhub Khabarhub

आजका समाचार : बीआरआई अघि बढ्ने निश्चित, रविविरुद्ध पर्सामा पनि पुर्जी र रोचक बन्दै एनपीएल क्रिकेट


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको बताएका छन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदूतावासद्वारा बुधबार आयोजित ‘रिसेप्सन’ समारोहमा यस्तो बताएका हुन् ।

नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

चौथो कार्यकालमा भारतको निम्तो कुर्दाकुर्दै थाकेर उत्तरी छिमेकी चीन हान्निएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिनिधिमण्डललाई नेपालको मौजुदा कानूनले नै नचिन्नेगरी चीनसँग बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्न लगाएको खुलेको छ ।

अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि बुधबार अपराह्न ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ मा हस्ताक्षर भएको छ ।

नेपाल चीन बिजनेस समीट – विदेशी लगानी बढाउन सुधार प्रतिबद्धता

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

प्रचण्ड भन्छन्- मुलुकलाई फेरि नयाँ क्रान्ति चाहिएको छ

माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान

कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्रीले लिए जानकारी

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए । ‘शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्व स्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस महत्त्वपूर्ण हुनेछ’, उनले भने ।

चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो ।


प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए

रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी

चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन

लामिछानेसँग आज पनि बयान जारी

जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन

पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा

अर्थसंक्षेप : कुलमान नभएको बेलामा मन्त्रीले बनाए प्राधिकरणमा कार्यालय, बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित
विराटनगर किङ्सले जारी नेपाल प्रिमियर लिग क्रिकेटकै सर्वाधिक उच्च चुनौती पछ्याउँदै जित निकालेको छ ।

यसअघिका दुई खेल लगातार हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो । यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ ।

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा पूरा गरेको हो ।


विराटनगरलाई लगातर तेस्रो हारबाट बचाउन ओपनर लोकश बमले अर्धशतक प्रहार गरे । लोकशले ३ चौका र ६ छक्काको सहयोगमा ४७ बलमा ७१ रन जोडे ।

अन्ततः उनी १७ दशमलव ४ ओभरमा रामोन सिमन्ड्सको बलमा सन्दीप जोरामार्फत क्याच आउट भए । त्यस्तै, विराटनगरलाई जिताउन बसिर अहदमले २४ बलमा ४० रन जोडे । उनी उनी दुर्गेश गुप्ताको बलमा बेन कटिङमार्फत क्याच आउट भए । मार्टिन गप्टिलले ६ चौकाको सहयोगमा १७ बलमा २८ रन जोडे ।

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

पहिलो खेलमा नचलेका शिखरले दोस्रो खेलबाट गरे पुनरागमन

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष

 पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग

विराटनगरलाई पहिलो ओभरमै झट्का, इस्मत शून्यमै आउट

संकटतिर विराटनगर, दुई ब्याटर शून्यमै आउट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

धरानबाट ६ सय किलो गाँजा बरामद

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

पातारासीमा फोरजी सेवा, स्थानीय सञ्चारको पहुँचमा

धान काट्न ‘रिपर’ मेसिन प्रयोग

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

दोलखामा यस वर्ष धान उत्पादन घट्यो

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता
दक्षिण कोरियाली राष्ट्रपति योन सुक युयोलको विरुद्धमा महाअभियोगको प्रक्रिया सुरु भएको छ । देशमा सैन्य शासन लगाउन गरेको प्रयासका कारण उनी माथि महा अभियोग दर्ता हुन लागेको हो ।

राष्ट्रपतिले उत्तर कोरियाबाट खतरा भएको भन्दै सैनिक शासनको घोषणा गरेका थिए । तर, उनको त्यो प्रयास २ घण्टा पनि टिकेको थिएन ।

संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : १० बजे

भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केले ‘एक

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका

सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक

करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ ।