आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण | Khabarhub Khabarhub

आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा

गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।

गत वैशाख ३१ गते मन्त्री बनेका जनता समाजवादी पार्टीका दुईजना मन्त्री र एकजना राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

सरकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ ।

बुधबार आठजना मन्त्रीको राजीनामासँगै सरकारबाट समर्थन फिर्ता लिएको एमाले अब संसद्मा प्रतिपक्षमा बस्ने भएको छ ।

रक्षामन्त्रीको तर्फबाट जवाफ दिँदै सञ्चारमन्त्रीले भनिन्- तोकिएको जिम्मेवारी पूरा गर्न क्रियाशील छौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार कार्य विभाजन नियमावलीले तोकेको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्न रक्षा मन्त्रालय सदैव क्रियाशील रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा रक्षा मन्त्रालय र अन्तर्गतका निकायसम्बन्धी उठेका जिज्ञासा, सुझाव एवं प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै उनले त्यस्तो बताएकी हुन् ।

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ

नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन भएका ९३ जना मात्रै केन्द्रीय कमिटी सदस्यहरूले मात्रै शपथ लिएका छन् ।

प्रज्ञा भवन कमलादीमा जारी १०औँ राष्ट्रिय महाधिवेशन हलमा ९३ जनाको नयाँ कमिटी घोषणा गरेर उनीहरूलाई शपथ पनि खुवाइएको हो ।

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् ।

आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

जीबी र रवि संलग्न कम्पनीमा मात्रै सहकारीबाट ६३ करोड ऋण लिएको भेटियो

सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको भेट्टाएको छ ।

संसदीय समितिका संयोजक सूर्य थापाले जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको भेटिएको जानकारी प्रहरी अधिकारीहरूले दिएको बताएका छन्

न्यायाधीश सपनाले उठाइन् गृहमन्त्री रविको नैतिकता र विवेकमाथि प्रश्न

प्रचलित कानूनविपरीत निलम्बन गरियो : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बन गरिएको आरोप लगाएका छन् ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।

सिंहले भोलि बिहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ ।

उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि असार १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

लिम्चुङबुङमा आयातित मदिरा र पेय पदार्थ निषेध, सुर्ती-चुरोट पनि बेच्न नपाइने

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आयातित मदिरा, पेय पदार्थ र सुर्ती-चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यही मंगलबार बसेको गाउँपालिकाको १८ औँ कार्यापालिका बैठकले मदिरा आयात र बिक्री वितरणमा प्रबिन्ध लगाउने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए ।

भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को ढलान खस्दा दुईजनान कामदार पुरिएका छन् ।

उक्त आयोजनामा निर्माणाधीन डिसेन्डर कभर स्ल्याब भत्किएर खस्दा अन्य १० जना मजदुर घाइते छन् ।

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा सरेको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हनुमान ढोकाबाट टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा बसेको प्रहरी परिसर शनिबार भद्रकालीस्थित आधुनिक नयाँ भवनमा सर्न लागेको हो ।

अबदेखि भद्रकालीस्थित जग्गामा भवन निर्माण पूरा भएपछि शनिबार स्थानान्तरण हुने भएको हो । शनिबार सरेपछि आइतबारदेखि त्यहीँबाट काठमाडौं प्रहरीले काम थाल्नेछ ।

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड

सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको मर्मत/सम्भारमा २ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । क्षेत्राधिकारभित्र पर्ने देशभरका सडक मर्मत र खाल्डाखुल्डी पुर्न उक्त रकम खर्च भएको विभागले जानकारी दिएको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ साउनदेखि बैशाख मसान्तसम्म सडक मर्मत तथा सम्भार गर्न २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ खर्च भएको हो ।

अर्थसंक्षेप : सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६३ करोड बढी ऋण प्रवाह, विनियोजन विधेयक पारित

मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने

बेलायतमा सत्तारुढ कन्जर्भेटिभको शर्मनाक हार, नौ बुँदामा बुझ्नुस् चुनावी नतिजा

ऋषि सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे

फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ?

अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : १५ बजे

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय

दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरू

कर्णाली – कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवर्द्धनका

जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी – पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन