आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश | Khabarhub Khabarhub

आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

नेपाली कांग्रेसकाे निरन्तर सदन अवराेध पछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

अर्को जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनले कार्यसूचीबाट सबै कार्यक्रम हटाएको भन्दै बैठक जेठ १ गते बस्ने जानकारी गराए ।

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिन सक्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारोन्मुख बनाउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकासको एजेण्डा पेस

गण्डकी प्रदेशका नौ स्थानीय तह समेटिएर मर्स्याङ्दी करिडोर बनेको छ ।

करिडोरमा पर्ने अन्तर्पालिका समन्वय समितिद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिहीबार मर्स्याङ्दी उपत्यकाको संयुक्त योजना पेस गरिएको छ ।

माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ

प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर नेपाली कांग्रेसले टाउकोमै बोके पनि आपत्ति नहुने बताएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओ‌लीले कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउँदा हुने उल्लेख गरे ।

मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरू के के छन् ?

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्वजनिक गरिएको छ ।

सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

माधव नेपालको पार्टी २०८३ भदौसम्म फुटाउन नपाइने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटिसकेपछि राजनीतिक वृत्तमा अन्य साना पार्टीहरू पनि विभाजन हुने चर्चा चलिरहेको छ । कतिपयले अब माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्न सक्ने अनुमान लगाइरहेका छन् ।

एकीकृत समाजवादीका केही नेताहरूले यसअघि निर्वाचन आयोगमा सम्पर्क गरेर पार्टी फुटाउने प्रावधानबारे जानकारीसमेत लिएको बुझिएको छ । तर, आयोगका पदाधिकारीले उनीहरूलाई आगामी २०८३ साल भदौसम्म एकीकृत समाजवादी पार्टी फुटाउन नमिल्ने जवाफ दिएका छन् ।

कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दुईवटा विभागको जिम्मेवारी तोकेका छन्।

थापाले राजन चौलागाईंलाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुख र भक्तबहादुर केसीलाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनीत गरेका छन् ।

उपेन्द्र यादवको तर्क- अब पार्टी फुट्ने पालो माओवादीको

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताएका हुन् ।

मन्त्री तामाङको तर्क- पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन, मन्दिरमा राजनीति नगरौँ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए। उनले भने, ‘गैर राजनीतिक ठाउँ अर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।’

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । निवर्तमान मुख्यमन्त्री कार्कीको रिट जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने समेत बताइएको छ ।

सर्वोच्चले काशी सरकारको विवादमा संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै पूर्ण सुनुवाइबाट टुङ्गो लगाउने जनाएको छ ।

पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, ‘पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ । अहिलेको मुख्य कार्यभार त्यही हो ।’

कर्णालीका ५७४ टुक्रे योजना अलपत्र

चालू आर्थिक वर्षमा बजेट थपेर कार्यान्वन गर्ने भनिएको ५७४ वटा टुक्रे योजना अहिलेसम्म बजेट थप नहुँदा समस्य हुँदै गएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले भने , ‘पूर्व सहमति अनुसार टुक्रे योजना कार्यान्वन नगर्ने भन्ने भएकाले स्वात्त कार्यान्वन नहुने भइहाल्यो नि ? आर्थिक वर्षको अन्तिममा आएर कसरी सम्भव होला र ?’ २०८० पुस २९ गतेको मन्त्रीपरिषद् बैठकले प्रमुख प्रतिपक्ष दलसँग गरिएको सहमति अनुसार बजेट थप गरेर ती योजना कार्यान्वयन गर्ने निर्णय भएको थियो ।

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी- कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग एक लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले बताए ।

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्।

लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एशियन फर्मास्युटिकलले उत्पादन गरेका दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध

नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले उत्पादन गरेको आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राई सिरपलाई प्रतिबन्ध लगाइएको हो ।

अन्तर्राष्ट्रिय…

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

सर्वोच्च अदालतले मनी लाउन्ड्रिङ मुद्दामा केजरीवाललाई १ जूनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो ।

टर्की प्रहरीद्वारा तीन सय ६६ शंकास्पद लागूऔषध कारोबारी पक्राउ

अङ्कारा- टर्कीका प्रहरीले लागूऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताएका छन् ।

‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए।

खेलकुद…

 

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

सुर्खेत- कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ५६ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये