आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म | Khabarhub Khabarhub

आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनु एक दिनअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् ‍खोल्ने संकेत नगरेपछि सत्तारुढ तीन मुख्य दलका नेता संवादमा जुटेका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान नछोडेपछि तीन शीर्ष नेता सम्भावित विकल्पका लागि संवादमा जुटेका हुन् ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार मात्रै चितवनबाट फर्किएर छलफल थालेका हुन् ।

कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो

संसद्को अवरोध खोल्ने सभामुखको कोसिस, देउवा र गृहमन्त्रीसँग छलफल

सभामुख घिमिरे र ओलीबीच टेलिफोन वार्ता

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल

अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ

बजेटमा रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता : प्रधानमन्त्री

रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने

कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ

प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ

नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका छन् ।

सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।


गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सोमबार एकजना मन्त्री र अर्का राज्यमन्त्री थपिएका छन् ।

स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट, २ जेठमा सुनुवाइ हुने

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

माधव नेपालको प्रतिवेदन : वाम एकता सम्भव नभएको निष्कर्ष

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पार्टीको पोलिटब्युरो बैठकमा छलफलका लागि पेस गरेका छन् । सोमबारदेखि सुरु पार्टीको पोलिटब्युरो बैठकमा नेपालको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ ।


प्रतिवेदनमा नेपालले सांसदभित्रका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पारिएको छ ।

उनले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष समेत निकालेका छन् ।

यस्तै प्रतिवेदनमा एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गरेको बताइएको छ ।

माधव नेपालको नजरमा एमाले यथास्थितिवादी

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।


कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।

यो हप्ता भित्र सरकार बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने

कोशीबाट एमालेसँग हिसाब मिल्दा सुदूरपश्चिमका सोडारी ढुक्क

अन्तराष्ट्रिय…

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, १७ बेपत्ता
पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार बताएका छन् ।

घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन् ।

रुसको एक आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु

युक्रेनसँगको युद्धबीच पुटिनले सर्गेइलाई रक्षामन्त्रीबाट हटाए

भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ५८ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार