आजका समाचार : प्रदेश सरकारको बजेट सार्वजनिकदेखि एमालेको बैठकसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रदेश सरकारको बजेट सार्वजनिकदेखि एमालेको बैठकसम्म


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

देशमा आशाको सञ्चार प्रवाह भइरहेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् ।

हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला(ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्यांकसहित निस्तेज तुल्याएको बताए ।

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे

लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा

विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर मात्र नहुने बताए ।

ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर, हामी सरकारमा छौँ भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? ’

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव

अनधिकृत हिसाबका सम्झौता भए रास्वपा सरकारबाट बाहिर आउँछ : मन्त्री श्रेष्ठ

अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले

‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ’

‘महिलाले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन’

कोशीमा ३५ अर्ब २७ करोडको बजेट, आकार घट्यो 

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन्‌ । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ।

प्रदेशको बजेट आकार चालू आर्थिक वर्षमा भन्दा झण्डै एक अर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षका लागि प्रदेशले सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो 

गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड 

लुम्बिनी प्रदेशको आगामी बजेट ३८ अर्ब ९७ करोड 

सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८स्३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो ।

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ ।

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।

बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ तर रसियाले भने भाग लिने छैन ।

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्दै प्रतिकार गरेका छन् ।

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित

विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध

भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी

अमेरिकाद्वारा युक्रेनका लागि एक अर्ब ५० करोड डलर सहायता घोषणा

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

मोदी र मेलोनीको सेल्फी पुन: भाइरल

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ५९ बजे

आजका समाचार : लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका, राहुलले छाडेको ठाउँमा प्रियंका उठ्ने

संसदीय समितिले थाल्यो छानबिन, बुझाइयो २० वटा समस्याग्रस्त सहकारीको फाइल

अमेरिकी पूर्वसभामुख पेलोसी भारतमा

काठमाडौं– अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने

बनेपामा शीत भण्डार निर्माण अलपत्र

काभ्रेपलाञ्चोक– बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

काठमाडौं– प्रभु बैंक लिमिटेडले आजबाट मुगुको छायानाथ रारा नगरपालिका,वडा नं.०२

विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँ : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा,