साताको ब्रिफिङ : सडकमा निस्कियो सरकार, गृहजिल्ला चितवनमै रविविरुद्ध पुर्जी, रसिया आक्रमक हुँदा युद्धमा भयानक मोड | Khabarhub Khabarhub

साताको ब्रिफिङ : सडकमा निस्कियो सरकार, गृहजिल्ला चितवनमै रविविरुद्ध पुर्जी, रसिया आक्रमक हुँदा युद्धमा भयानक मोड


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो साता सत्तागठबन्धन परिवर्तनको हल्ला, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय राजदूतलगायतबीच भेट, एमालेको जागरणसभा, रास्वपामा आन्दोलनलाई लिएर दुई धार, प्रधानमन्त्रीको चीन भ्रमण, बीआरआईमा सत्तारुढ दलमै मतभेद, उपनिर्वाचनको तयारीलगायत समाचार हाबी भए ।

यस्ता छन् साताका मुख्य घटना –

कम्बोडिया यात्रामा किन निस्किए नेपाली नेताहरू ?

नेकपा एमालेले यही शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ ।

बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेललाई उक्त सभाको कमान्ड तोक्दै एमाले बागमती इन्चार्ज डा. राजन भट्ट्रराईसमेत कम्बोडियातिर उडेका छन् ।

बीआरआई कार्यान्वयनमा लानुपर्छ, गिजोल्न खोज्नु राम्रो होइन : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा लैजानुको विकल्प नरहेको बताएका छन् ।

एमाले प्रचार विभागले बुधबार काठमाडौंमा सम्पादकहरूसँग गरेको अन्तरसंवादका क्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यस्तो बताएका हुन् ।

कमल थापाको सुझाव- प्रधानमन्त्रीले कांग्रेसलाई मनाएर बीआरआई अघि बढाउनु पर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन थाल्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै पूर्वपरराष्ट्र मन्त्री थापाले प्रधानमन्त्री ओलीको मंसिर १७ देखि हुने भ्रमणले बीआरआई कार्यान्वयनमा लैजाने बाटो खुल्ने बताएका छन् ।

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ गैरजिम्मवार र कूटनीतिक मर्यादाहीन भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत रावलले देशका प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारविरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताएका हुन् ।

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौं – द्वन्द्वका कारणको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको बुधबार १८ वर्ष पूरा भएको छ। सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो।

लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग-यो। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए। दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन। राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ

‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरी भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’

सरकार सडकमा निस्किँदा काठमाडौं अस्तब्यस्त (तस्बिरहरू)

जनता जगाउन भन्दै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सडकमा निस्किँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ ।

गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसारको परिणाम दिन नसकेको भनेर चर्को आलोचना भइरहँदा प्रतिरक्षाका लागि एमाले सडकमा उत्रिएको हो ।

प्रधानमन्त्रीलाई प्रश्न – सत्तामै बसेर कसका विरुद्ध शक्ति प्रदर्शन ?

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। यसका कारण सर्वसाधारणको जनजीवन कष्टकर भएको छ ।

एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा नाम दिएर कार्यकर्ताहरू सडकमा उतार्न थालेपछि बिहानैबाट उपत्यकाभित्र सवारी व्यवस्थापन अस्तव्यस्त भएपछि जनजीवन कष्टकर बन्न पुगेको हो ।

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको बताएका छन् ।

२०८४ को निर्वाचन अघिसम्मै कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कायम रहने ओलीले बताएका छन् ।

महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन्

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : कामको शैली फेर्नुस्, अर्को बैठकमा नतिजा चाहियो

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक काममा मात्रै नअल्झिएर जनताले महसुस गर्नेगरी नतिजा निकाल्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा बदल्न निर्देशन दिएका हुन् ।

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा

भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमा रहेका बेला उनका समर्थकहरू कोटेश्वरमा भेला भएका छन् ।

सत्तारुढ नेकपा एमालेलाई चुनौती दिँदै मंसिर ७ मा काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं मंसिर ४ मा पक्राउ परेर साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।

उपनिर्वाचनमा मनोनयन दर्ता : यस्तो छ निर्वाचन तालिका

खानेपानी आयोजना चाँडो मर्मत गर्न मन्त्री यादवको निर्देशन


खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्  ।

गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न मन्त्री यादवले निर्देशन दिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कर्णालीमा खर्च नै हुँदैन बजेट

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

सहकारी ठगी प्रकरण : चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह गौतमबुद्धको जन्मथलो पुगेर शुक्रबार विशेष पूजा गरेका छन् ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सहभागी भएका छन् ।

साताका आर्थीक खबरहरु

मंसिर महिनाको पहिलो साता नेपालको आर्थिक क्षेत्रबारे सार्वजनिक भएका केही आधिकारिक तथ्याङ्क, कर्पोरेट गतिविधि र दाताहरूसँग भएका सम्झौता समाचार बने ।

खुम्चँदो घरजग्गा कारोबार

भूमि व्यवस्था तथा अभिलेख विभागले कात्तिक महिनामा भएको घरजग्गा कारोबारको तथ्याङ्क सार्वजनिक गर्दै कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित भएको जानकारी दियो । तर, घरजग्गाबाट पुँजीगत लाभकर भने एक अर्ब पनि नउठेको तथ्याङ्कमा उल्लेख छ ।

असोज महिनाको तुलनामा घरजग्गा कारोबारमा केही वृद्धि भएको देखिए पनि उल्लेख्य सुधार आउन सकेको देखिँदैन । असोजमा ३० हजार ५२७ वटा लिखत पारित भएकोमा कात्तिकमा झिनो संख्याले बढेर ३३ हजार ५१४ वटा लिखत पारित भएको हो ।

वीरगञ्ज सुक्खाबन्दरगाहको कमाइ घट्यो
वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयको आम्दानी घटेको छ । चालु आर्थिक वर्षको चार महिनामा कार्यालयले १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
चालु आवको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिएका छन्‌।

डेला अन्नपूर्णलाई अन्नपूर्ण स्क्वायर बनाउँदै मीनबहादुर

सत्तासँग अस्वाभाविक निकटता राख्दा अस्वाभाविक नै आर्थिक उन्नयन गरेका व्यवसायी मीनबहादुर गुरुङले नेपालको पहिलो पाँचतारे होटल डेला अन्नपूर्णलाई अब अन्नपूर्ण स्क्वायर बनाउने भएका छन्‌ । उनले साविक स्थानमै २५ गते अन्नपूर्ण स्क्वायर होटल बनाउने भन्दै गत सोमबार शिलान्यास गरेका हुन्‌।

प्रस्तावित होटलको संरचना नौ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइने बताइएको छ । होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यसअघि सञ्चालनमा रहेको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णलाई भत्काएर अत्याधुनिक नयाँ होटल बनाउन लागिएको हो । यसअघि नै भाटभटेनीका मालिक मीनबहादुर र लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठसहितको समूहले होटलको बहुमत सेयर किनेका थिए ।

प्रभु केबलकारले ल्याउँदै ३० करोडको आईपीओ

लक्ष्यको आधामात्रै बिजुली

सरकारले गत वर्षमा राखेको लक्ष्यको आधामात्रै बिजुली उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०–०८१ भित्र सरकराले एक हजार मेगावाट बिजुली उत्पादन गरी ग्रिडमा जोड्ने लक्ष्य लिएको थियो । तर, सो आवमा सरकार र स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट गरी ४६८ मेगावाट मात्र बिजुली उत्पादन भएको हो । जुन, विद्युत् उत्पादन लक्ष्यको आधाभन्दा कम हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत आवमा विभिन्न ३ दर्जन जलविद्युत् आयोजनाबाट करिब एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, ठूला जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाइका कारण सो आवमा आधाभन्दा कम मात्रै बिजुली उत्पादन हुन सक्यो ।
गत आवभित्र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना, ४२।५ मेगावाटको सान्जेनलगायतका ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भइ विद्युत् उत्पादन गर्ने अनुमान गरिएको थियो । तर, निर्माणमा देखिएको ढिलाइका कारण ती आयोजनाहरूबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भने हुन सकेन ।

दुई दिन झरी पर्दा बीमा कम्पनीमा ११ अर्ब ८२ करोड दाबी

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण

विदेशी मुद्रा सञ्चिति २२ खर्ब माथि

 महँगियो भान्सा

चिसोले बढायो बिजुली खपत, उत्पादन घट्दो

अर्थतन्त्रका बाह्य सूचक बलिया

थपिए वालेट प्रयोगकर्ता

६०० ग्राहकको विद्युत लाइन काटिँदै

विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, आर्थिक वृद्धि झनै घट्ने

१७ खर्बको बजेट ल्याएर जम्मा १४ खर्ब खर्च

गत आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको नेपालले १४ खर्ब आठ अर्ब दुई करोड रुपैयाँ कुल सरकारी खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा आइतबार पेश गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा सरकारी खर्चबारे उल्लेख छ । आर्थिक वर्षको १२ महिना (अघिल्लो साउनदेखि गएको असार)सम्म सरकारले अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

चार महिनामा पौने १३ अर्बको बिजुली निर्यात

चालू आर्थिक वर्ष २०८१/८२को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली बेचेको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

सरकार ढल्ने हल्लाले आत्तिन थाले शेयर लगानीकर्ता
शेयर लगानीकर्ताहरूका लागि यो साता अर्थात् मङ्सिर २ गतेदेखि ६ गतेसम्म सुखद देखिएन । अघिल्लो साता ७३ अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता ६८.३४ अङ्कले घट्दा लगानीकर्ता घाटामा रहे ।

चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा पर्खिएका कारण शेयर बजारमा तत्काल उत्साह नदेखिएको लगानीहरू बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने र त्यसपछि सरकार ढल्ने हल्लाले पनि बजार घटेको लगानीकर्ताबीच चर्चा हुने गरेको छ ।

ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताहरूले शेयर बजारका ‘बुल ड्राइभर’ भन्छन् । ओली नेतृत्वको सरकार ढलेको खण्डमा पौडेल पनि अर्थमन्त्रीबाट हट्ने र शेयर बजार पुनः १८०० को बिन्दुमा आउने डर लगानीकर्तामा छ ।

नेपाल शेयरधनी संघका उपाध्यक्ष कमल अधिकारी पनि प्रधानमन्त्री ओली चीन जाने हल्लाले बजार घटेको स्वीकार्छन् । तर, ओली चीन भ्रमणमा जानेबित्तिकै सरकार भने नढल्ने उनको दाबी छ ।

सार्वभौम रेटिङबाट प्रफुल्लित सरकार

नेपालले सार्वभौम क्रेडिट रेटिङमा पाएको बीबी माइनस स्कोरलाई अर्थ मन्त्रालयले ‘उन्नत’ करार दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको जनाएका हुन्‌।
नेपालले पहिलोपटक अन्तरराष्ट्रिय एजेन्सी फिच रेटिङ्ग्सबाट मुलुकको सार्वभौम शाख मूल्याङ्कन गर्न लगाएको थियो । फिचले बिहीबार नतिजा सार्वजनिक गर्दै नेपाललाई बीबी माइनस रेटिङ दिएको थियो । सो रेटिङअनुसार दक्षिण एसियामा भारतभन्दा नेपाल एक स्थान तल परेको छ ।

नदी किनारको थप २० मिटरसम्बन्धी मापदण्ड तत्काल कार्यान्वयन नहुने

संघीय राजधानी काठमाडौं उपत्यकाका खोला किनारको थप २० मिटर जग्गा छाड्नुपर्ने नयाँ मापदण्डबारेको सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयनमा नजाने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशमानसिंह राउत, कुमार चुँडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले सोमबार परेको पुनरावलोकनको निवेदनमा निस्सा दिने फैसला सुनाएको हो ।

हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ 

ओली हजुरबा त मामाघरका पो रहेछन् !

झापाबाट एघार करोडको चिया निर्यात

सुकुटीको माग उच्च, मासिक दुई लाखसम्म आम्दानी

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौंमा भूकम्पको धक्का

चिसो मौसममा छाला कसरी जोगाउने ?

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

अन्तर्राष्ट्रिय…

रुसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ ।

रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ ।

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द

लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिकामा घुस दिएको आरोपले अडानीका कम्पनीको शेयरमा पहिरो

शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त

खेलकुद…

नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज

नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३(-२ ले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ८ : ३० बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत