साताको ब्रिफिङ : उपनिर्वाचनमा होमिए दल, बुढीगण्डीको लगानी स्वीकृत, इजरायल-लेबनान युद्धविराम | Khabarhub Khabarhub

साताको ब्रिफिङ : उपनिर्वाचनमा होमिए दल, बुढीगण्डीको लगानी स्वीकृत, इजरायल-लेबनान युद्धविराम


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो साता प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने, गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना, दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति,बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत,परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता, युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी,लगायत समाचार हाबी भए ।

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे

प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा

वनमन्त्री ठकुरी‌संग दक्षिण कोरियाका राजदूतको भेट

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच भेट

गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’

बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार

ओलीलाई माधव नेपालको सुझाव : बीआरआईमा हात हाले हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लाग्ने गरेको आरोप छ– तोकिएको समयमा बैठकमा कहिल्यै उपस्थित नहुने । गत मंसिर १० गते पनि झण्डै यस्तै भयो । चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीलाई बोलाएका थिए । तोकिएको समयमा ओली नआएपछि माधव नेपाल बाटो लाग्नै आँट्दा चिया आइपुग्यो, जसले ओली र नेपालको भेट सम्भव गरायो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा सबैभन्दा बढी चर्चाको विषय बनेको छ बीआरआई सम्झौताको कार्यान्यवन । बीआरआई अन्तरगत नेपालले ऋण लिने कि नलिने भन्ने विषयमा सत्तापक्षीइ दल कांग्रेस र एमालेकै बीचमा विवाद छ । यसै सन्दर्भमा हामीले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सोध्यौं– मंसिर १० को छलफलमा प्रधानमन्त्री ओलीलाई बीआरआईबारे तपाईहरुले के सुझाव दिनुभयो ?

कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)

कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू)

कीर्तिपुरको उपचुनाव : भोट माग्ने लाइनमा प्रचण्ड, गगन थापा, शंकर पोखरेल र हर्क साम्पाङदेखि सुरेन्द्र केसीसम्म

(तस्बिरहरू)

  मौन अवधि सुरु, चुनाव प्रचारमा निषेध

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

रवि र दुर्गा प्रसाँईका किस्ता…

पहिलो दिन रविसँग ६ घण्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन् ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमै रहने भएका हुन् ।

गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

साप्ताहिक अर्थसंक्षेप :सुनको आयतमा १० प्रतिशतले कटौतीदेखि ११ महिनापछि सेबोनले पायो नेतृत्वसम्म

आइतबारदेखि शुक्रबारसम्म नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण घट्नाक्रम भएका छन् । ११ महिनादेखि रिक्त भएको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सरकारले सुनको आयातमा लाग्दै आएको भन्सार महसुललाई १० प्रतिशतमा झारेको छ ।

नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकको थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत् कुनै नीतिगत हेरफेर गरेन । बिआरआईमा कुनै ऋण सम्झौता नहुने प्रधानमन्त्रीले बताएका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

सरकारले सुनमा भन्सार महसुल १० प्रतिशतले कटौती गर्यो

मौद्रिक नीति समीक्षा : व्यवस्थापन लक्ष्यभन्दा कम मुद्रा स्फिति, निजी क्षेत्रमा कर्जा प्रवाह भने बढेन

सरकारले गर्यो उखुको मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

मनोरञ्जन…

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी

विजयले सुरु गरे ‘लाज शरणम्’को छायांकन

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन

पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’

भएकै हो त रामबाबु र उपेन्द्रको पुनर्मिलन ?

हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ

धरानमा मोटरभन्दा पहिल्यै रेल, अहिले भग्नावशेष !

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

उपत्यकाबाट हराएका २७ मोटसाइकल भेटिए

कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

रसुवामा आगलागी हुँदा तीन घर जले, २७ लाख बराबरको क्षति

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाइयो

रामेछाप दुर्घटना अपडेट : चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु

अन्तर्राष्ट्रिय……

युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनको भूमिमा बालिस्टिक मिसाइल आर्सनिक प्रयोग गर्दै जाने बताएका छन्। रातभर युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि पुटिनले युक्रेनले अमेरिकाले पठाएको मिसाइल रुसको भूमिमा प्रक्षेपण गरेको प्रतिक्रियामा सो मिसाइल प्रयोग गरिएको बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसको कुनै पनि किसिमको ब्ल्याक मेल स्वीकार्य नहुने बताएका छन्। पश्चिमा सहयोगी देश अमेरिका, फ्रान्स र बेलायतले अनुमति दिएसँगै युक्रेनले रुसमा अमेरिकाले दिएको मिसाइल तथा बेलायत र फ्रान्सको सहयोगमा प्राप्त स्टर्म स्याडो मिसाइल रुसमा प्रयोग गरेको थियो।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

बंगलादेशमा इस्कोनलाई प्रतिबन्ध लगाउने माग अदालतद्वारा खारेज

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका

पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरिए

पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ। स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् ।

इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु

‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’

श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

खेदकुद …

एनपीएलका लागि तयार भयो त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन यो प्रतियोगिताका लागि त्रिवि क्रिकेट मैदानलाई चिटिक्क बनाइएको छ ।

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ । प्याराफिटमा अस्थायी सीटहरू थपेर दर्शक क्षमता बढाइएकोछ ।

एनपीएलको मस्कट ‘जीत’, मर्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू)

कर्णाली याक्सबाट खेल्न आइपुगे शिखर धवन (भिडियो)

एनपीएलको पहिलो खेलका टिकट र पास सकिएपछि पारसको आग्रह- अब फोन नगर्नुस्

श्रीलंकासँग ५५ रनले पराजित भयो नेपाल

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ०५ बजे

भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री

नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी

काठमाडौं–झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा

नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि काम सुरु

नवलपुर – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको

बासिस्टोको बलिङसामु निरीह पोखरा, कर्णालीलाई १०४ रनको चुनौती

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट

मानवअधिकार रक्षा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

पाटन – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि