आजका समाचार : माओवादीसहित आठ दल मिलेर बन्ने भयो नयाँ दल, कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा गयो फोहर र भारतको केरला राज्य अतिगरिबीमुक्त घोषणा | Khabarhub Khabarhub

आजका समाचार : माओवादीसहित आठ दल मिलेर बन्ने भयो नयाँ दल, कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा गयो फोहर र भारतको केरला राज्य अतिगरिबीमुक्त घोषणा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

वायु सेवा निगमलाई प्रधानमन्त्रीको निर्देशन- पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल निकाल्नू

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।

वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू

उपकुलपतिका लागि आवेदन माग

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध

हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले पायो मान्यता (तस्बिरहरु)

हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ?

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

कांग्रेस सुधार अभियानले पार्टी कार्यालयमा गरे तालाबन्दी (तस्बिरहरू)

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको छ ।

आइतबार सार्वजनिक गरिएको ‘पार्टी एकता सहमति पत्र’मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) ले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत्तर कम्युनिस्ट आन्दोलनको एकीकरण अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ ।

‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा

एक्लिए जनार्दन : माओवादीमै बस्लान् कि विद्रोह गर्लान् ?

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

कात्तिक १९ मा माओवादीसहित आठ पार्टीले एकता सम्मेलन गर्ने

एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने

किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्

कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा जान थाले फोहरका गाडी

स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरू सहमति जुटेसँगै जान थालेका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल

पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’

पाङ्बारी हिमालमा फसेका एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार

यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु

यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजेदेखि सर्भर चल्न थालेको हो ।

‘सिंहदवारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा ताने पनि वर्षाका कारण जलेको भवनको सिलिङबाट पानी लिकेज हुँदा काम गर्न सकेका थिएनौ, अहिले आंशिक रूपमा काठमाडौँ उपत्यका भित्र मात्रै सुचारु भएको हो, जसमध्ये ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेमा सुरु भयो, चाबहिल र ठुलो भर्‍याङ्मा अहिले काम गर्दै हुनुहुन्छ,’ उनले बताए ।

सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)

कैलालीमा धान खरिद गर्न थालियो     

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक जारी

अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रेस काउन्सिलले नगर्ने

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

वर्षापछि खुलेको काठमाडौं (तस्बिरहरू)

कोप-३० : अमेरिकाले कुनै पनि उच्च अधिकारीलाई नपठाउने

अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप-३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।

गत जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि हटेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलेममा हुने संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु सम्मेलनअघि नेताहरूको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको थिएन।

लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन

प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न अमेरिका र चीन सहमत

भारतको केरला राज्य अति गरिबीमुक्त घोषणा, कसरी भयो सम्भव ?

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ०९ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ