आजका समाचार : ओली फकाउँदै पूर्वराष्ट्रपति, एमालेसँग भिड्न तयार बालेनको अर्को आक्रोश र युक्रेन बचाउन युरोपका देश एकजुट | Khabarhub Khabarhub

आजका समाचार : ओली फकाउँदै पूर्वराष्ट्रपति, एमालेसँग भिड्न तयार बालेनको अर्को आक्रोश र युक्रेन बचाउन युरोपका देश एकजुट


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एमालेको राजनीतिमा फर्किन तयार पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै देखिइन्।

कार्यक्रम थियो, ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोह । राष्ट्रियसभा गृह भृकुटीमण्डपमा आयोजित पुस्तक विमोचन समारोहको मञ्चमा भण्डारीसँगै प्रधामन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति भण्डारी र एमाले महासचिव शंकर पोखरेल पनि देखिए ।

यो पुस्तक आइतबार मात्रै एमाले प्रचार विभागको सचिवमा मनोनित भएका पत्रकार गणेश पाण्डेले सम्पादन गरेका हुन् । एमालेको जनसंगठनका रुपमा रहेको प्रेस चौतारीको भावी अध्यक्षको दौडमा रहेका पाण्डे एमाले प्रचार विभागमा गएसँगै अन्य प्रतिस्पर्धीलाई सहज भएको हिसाब हुन थालेको छ ।

एमालेको भ्रातृसंगठन प्रेस चौतरीको महाधिवेशमा आगामी चैत १० गतेदेखि विराटनगरमा हुँदैछ । उक्त महाधिवेशनमा नयाँ नेतृत्वका लागि पाण्डेसहित, अर्का उपाध्यक्ष राजेश राई, समाजवादी प्रेस संगठनबाट फर्किएका विश्वमणि सुवेदीसहित छन् ।

‘सरकारले काम गर्दैछ भन्ने सन्देश एमालेका जनसंगठनले तलसम्म लानुपर्छ’

परराष्ट्रमन्त्रीले प्रकृतिका परिवार भेटेर भनिन्- न्यायका लागि हरसम्भव कोसिस गर्दैछौँ

पूर्वराष्ट्रपतिले भनिन्-केपी ओली नेता मात्रै होइन, राजनेता

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

एमाले महासचिवको तर्क- झापा विद्रोहका बेलाको मानव हत्यामा केपी ओलीको असहमति थियो

काठमाडौंमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग आग्रह

नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना 

नेपाल र भारतबीच वासक्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमकाबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

सांसद सूर्य थापा भन्छन्-कुसुण्डा जातिको भाषा संरक्षण राज्यको दायित्व

बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ

समाजलाई समुन्नत बनाउने दायित्व सबैको हो : राष्ट्रपति

भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल

राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु

अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्-यही अवस्थामा पारित हुँदैन

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भयो : विप्लव

स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङरोगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

विसं २०७२ को भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेको थियो । प्रताप मल्लले निर्माण गरेको ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदास्थल हुन् ।

राजा प्रताप मल्लले आफ्नो नामबाट सो मन्दिरलाई प्रतापपुर राख्न लगाएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराएको इतिहास पाइन्छ ।

त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्त्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू)

गोरखामा सवारी दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहराको मृत्यु

स्वामिकार्तिक खापर गाउँपालिकामा तालाबन्दी, अध्यक्षमाथि भ्रष्टाचारको आरोप 

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।

फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ ।युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।

उनले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता देखिएको बताए। बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ।

युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि ‘इच्छुकहरूको गठबन्धन’ गर्ने सहमति गरेका हुन्।

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार

मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

शान्ति सम्झौताका लागि सर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

लेबनानका राष्ट्रपति साउदी अरब प्रस्थान

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते

माछा मार्ने चिनियाँ जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग !

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ०४ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी