आजका समाचार : ज्ञानेन्द्र शाह कुशका राजा, जनार्दनले आत्मआलोचना गर्नुपर्ने प्रचण्डको अडान र छ सय वर्षपछिको ज्वालामुखीले रुसमा ठूलो भूकम्प गएको अनुमान | Khabarhub Khabarhub

आजका समाचार : ज्ञानेन्द्र शाह कुशका राजा, जनार्दनले आत्मआलोचना गर्नुपर्ने प्रचण्डको अडान र छ सय वर्षपछिको ज्वालामुखीले रुसमा ठूलो भूकम्प गएको अनुमान


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् ।

उनले नेपालमा राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त भएको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजतन्त्रबारे मलाई खासै केही भन्नु छैन । यो एउटा सडेगलेको पुरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्वीकार्न सक्दैन’, उनले भने, ‘नागरिक सर्वोच्चतालाई नस्वीकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्वीकार्नु भनेको अज्ञानता हो । कायरता हो ।’

उनले आफूले अरू देशको कुरा नगरेको पनि बताए । ‘हाम्रो देशको सन्दर्भमा यो जनताले त्यही रुपमा लिएर फ्याँकिसकेको कुरा हो । फ्याँक्नै पर्दथ्यो’, उनले भने।

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना

प्रधानमन्त्रीले भने- संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेका छन्

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

एमालेमा फरक मत दबाउने प्रयास : पूर्वराष्ट्रपति भण्डारी पक्षधर कार्यकर्तामाथि धमाधम कारबाही

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षमा ल्याउनुपर्ने आवाज उठिरहेका बेला समर्थकहरूलाई दबाउने प्रयास सुरु भएको छ । साउन ५–६ गतेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्किन नदिने निर्णय गरेसँगै उनका समर्थकलाई ठेगान लगाउन थालिएको हो ।

एमाले र उसका भ्रातृसङ्गठनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विचार राख्ने नेता कार्यकर्तामाथि एकपछि अर्को कारबाही हुन थालेको छ ।

सबैभन्दा ताजा उदाहरण हो— राष्ट्रिय युवा सङ्घ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको घटना । खरेलले सामाजिक सञ्जालमा एमालेको आगामी नेतृत्वमा विद्यादेवी भण्डारीलाई ल्याउनु पर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए । यही विषयलाई लिएर महासचिव महेश चौलागाईंले खरेललाई असार २५ गते स्पष्टीकरण मागेका थिए ।

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

सभामुख फर्किए, प्रधानमन्त्री जाँदै

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

जलवायु परिवर्तन सम्बन्धि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।

आइबार बसेको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने‍ क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डलाई पत्रकारले सोधे, ‘तपाईंले पनि आत्मआलोचना गर्ने हो ?’, जवाफमा उनले भने, ‘त्यस्तो होइन, जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्ने कुरा भएको छ । सच्चिएर जाने कुरा बैठकमा भएको छ ।’

उपमहासचिव शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष ‘प्रचण्ड’ले शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका थिए ।

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे

जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रममात्रै हो : कानुनमन्त्री चौरसिया

परराष्ट्रमन्त्रीले भनिन्- स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण 

प्रभु साहको प्रश्न- जलसंकटले किसान मर्कामा छन्, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै सरकारको काम हो ? 

साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त छ ।

राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्झौताको सात वर्ष बित्दासमेत हालसम्म करिब ३७ प्रतिशत मात्र काम भएको छ ।

बागमती प्रदेशअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–८ ढुङ्गे्रबाँस(खुर्कोट)स्थित सुनकोशी नदीबाट सुरु भएको उक्त डाइभर्सन आयोजनामा हालसम्म ३६ दशमलव ८३ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ ।

नेपाल सरकार र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार २०७६/०७७ देखि २०८५/०८६ अर्थात् १० वर्षमा आयोजनाको काम सम्पन्न हुनुपर्नेछ, तर आयोजनाअन्तर्गत दोस्रो चरणको काम ढिलो भएपछि समयमै पूरा हुनेमा शङ्का व्यक्त गरिएको छ ।

हाल १३ दशमलव ३१६ किलोमिटर सुरुङमार्गको निर्माण सम्पन्न भए पनि अन्य भौतिक पूर्वाधार र विद्युत् उत्पादनकार्यमा अपेक्षित प्रगति भएको छैन ।

भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा

नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना परियोजना सुरू

मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी

कुलिङ पिरियडबारे छानबिन प्रतिवेदन तयार पार्न खोज्दा सत्तारुढ चार सांसद बेपत्ता

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

तस्करको काजु प्रहरीले नै बेचेपछि…

गत महिनाको १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री ट्राभल्स बसलाई जनकपुरधामको मुख्य स्थान रामानन्द चोकमा तस्करीको समान बसमा भएको गोप्य सुचनाको आधारमा प्रहरीको एक टोलीले चेकजाँच गर्छ ।

चेकजाँचको क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर तस्करले काठमाडौं पठाउन सावित्री ट्राभल्स बसको प्रयोग गरेर लैजाँदै गरेको अवस्थामा ३० बाल्टिन काजू बरामद हुन्छ ।

बरामद भएको काजु प्रहरी प्रमुख वा कन्ट्रोललाई १८ बाल्टिन मात्र बरामद भएको जानकारी पठाउँछन् । बाँकी रहेको १२ बाल्टिन उक्त स्थानमा खटी गएको प्रहरी टोलीले नै गायब पारेको घटना बाहिरिएको छ ।

कसरी भयो काजु गायब ?

२०८२ असार १८ गते धनुषा प्रहरीको क्राइमटोलीलाइ सावित्री ट्राभल्स बसमा तस्करीको काजु काठमाडौं गइरहेको खबर आउँछ । खबर आएपछि धनुषा प्रहरीको टोली सक्रिय हुन्छ । क्राइमको टोलीले रामानन्द चोक नजिकै रहेको मातहतको प्रहरी चौकि जानकी प्रहरी चौकीलाई खबर गर्छ र चेकजाँच गर्न आदेश दिन्छ ।

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

बाढीले क्षतिग्रस्त बल्थलीका दुई बस्तीमा खानेपानी उपलब्ध

पानी परेपछि किसानलाई राहत, रोपाइँ सुरु

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान

रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६०० वर्षपछि भएको हुन सक्ने अनुमान गरिएको छ । यो ज्वालामुखी विस्फोट गत हप्ता रूसको सुदूर पूर्वमा गएको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्ने वैज्ञानिकहरूको अनुमानलाई उद्धृत गर्दै रूसको आरआईए राज्य समाचार एजेन्सीले समाचार प्रकाशित गरेको छ ।

सीएनएनमा प्रकाशित समाचार अनुसार ‘यो ६०० वर्षमा पहिलो पटक ऐतिहासिक रूपमा पुष्टि भएको क्राशेनिनिकोभ ज्वालामुखी विस्फोट हो,’ आरआईएले कामचट्का ज्वालामुखी विस्फोट प्रतिक्रिया टोलीकी प्रमुख ओल्गा गिरिनालाई उद्धृत गर्दै भनेको छ ।

गिरिनाले भनिन्, ‘यो विस्फोट बुधबारको भूकम्पसँग सम्बन्धित हुन सक्छ जसबाट फ्रान्सेली पोलिनेसिया र चिलीसम्म सुनामी आउन सक्ने चेतावनी दिइएको थियो । चेतावनीपछि कामचट्का प्रायद्वीपको सबैभन्दा सक्रिय ज्वालामुखी क्ल्युचेभस्कोयको विस्फोट भएको थियो ।

ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानको टेलिग्राम च्यानलमा गिरिनाले भनिन् ‘क्राशेनिनिकोभको अन्तिम लाभा उत्सर्जन १४६३ मा भएको थियो – ४० वर्ष भन्दा बढी वा घटी – र त्यसबेलादेखि कुनै विस्फोट भएको थाहा छैन ।’

चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च

युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

सहायता समूहले भन्यो– गाजा मुख्यालयमा इजरायली आक्रमण, एक कामदारको मृत्यु

युक्रेन वार्ताका लागि अमेरिकी विशेष दूत रुस जाने

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु

प्यालेस्टाइन समर्थक प्रदर्शनमा असान्जसहित दशौँ हजार सहभागी

म्यान्मारको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ०७ बजे

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक