काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।
स्पेनको भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।

‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी यही असोज १४ गते त्यसतर्फ गएका थिए ।
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन
मोहन बस्नेत लक्षित गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ
मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्यो
कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन
विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री
दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय सानेपामा १० महिनापछि बसेको बैठकका लागि कांग्रेसले विभिन्न ६ वटा एजेन्डाहरू तय गरेको छ ।

कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो । उक्त बैठकबाट कांग्रेसले ललितपुरको गोदावरीमा ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकका सबै प्रस्तावहरू परिमार्जनसहित पारित गरेको थियो ।
यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो । तर, ती बैठकहरूमा प्रायः शोक प्रस्तावहरू पारित हुने गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड
कांग्रेस बैठकमा गोविन्दराज पोखरेल- कोइराला परिवारको योगदान प्रजातन्त्र प्रेमीले बिर्सिन हुदैन
महाधिवेशन समयमा हुन्छ कि हुँदैन भन्ने बहसको तुक छैन : ज्ञानेन्द्र कार्की
पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार
नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कैलालीको धनगढीमा शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी
अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, हामीले जनतासँग कबुलविपरीत छ : प्रचण्ड
शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री
कुलिङ पिरियड विवाद : छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम
‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना समेत सहभागी थिइन् ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन् । उनले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरे ।
सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी
माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन्
बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो
सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
प्रभु साहले संसद्मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी
नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् ।
‘तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु– ०६२ सालमा तत्कालीन नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय गर्यो । गणतन्त्रको नीतिमा अगाडि बढ्नपर्छ भन्ने निर्णय गर्दै थियो,’ नेपालले भने, ‘त्यहीँ भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए । यो पार लाग्दैन भनिरहेका थिए । बाहिर गएर भाषण पनि गरे– जसरी बयल गाडा चढेर वासिङटन पुग्न सकिँदैन, त्यसैगरी आन्दोलन गरेर राजालाई ढाल्न सकिँदैन । हामीले त्यो चुनौती स्वीकार गर्यौँ । हामीले भन्यौँ– हेर्दै जानुस्, तपाईँ विरोध गर्दै रहनुस्, हामी राजतन्त्रलाई ढाली छाड्छौँ ।’
रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !
माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’
माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?
माधव नेपाललाई रामकुमारीको पत्र : पार्टी बैठकमा उपस्थित भएर बोल्न पाऊँ
गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ
शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’
डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूमाथि लगाएको आक्षेपको जवाफ फर्काएपछि युवा नेता गुरूराज घिमिरे प्रतिकारमा उत्रिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा चौधरीले अर्का केन्द्रीय सदस्य कोइरालाले आफूमाथि पार्टीको जारी बैठकमा उठाएका सवालको जवाफ दिएपछि युवा नेता घिमिरे प्रतिकारमा उत्रिएका हुन् ।

उनले नेता कोइरालाको पक्ष लिँदै सामाजिक सञ्जाल फेसबुकमार्फत् सांसदसमेत रहेका चौधरीलाई बुधबार आठवटा बुँदामा जवाफ दिएका छन् । चौधरीले मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कोइरालालई पनि आठ वटा प्रश्न गरेका थिए ।
त्यसअघि नेता कोइरालाले सोमबारको बैठकमा पार्टीको केन्द्रीय सदस्यका लागि उद्योगपति चौधरीको योग्यतामाथि प्रश्न उठाएका थिए । ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो रु क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए ।
शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?
शेखरले सभापतिलाई सोधे– महाधिवेशन समयमै गर्न नसक्नुको कारण के हो ?
शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?
विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् । नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने घोषणा गरेको चार दिनपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने भन्दै उनले गृह मन्त्रालयलाई पत्र पठाएकी हुन् ।

पूर्वराष्ट्र प्रमुखको सेवा-सुविधा लिएर सक्रिय राजनीतिमा फर्किँदा प्रश्न उठ्ने भएपछि सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो ।
गृह मन्त्रालयले पूर्व राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा–सुविधा कटौतीका लागि पत्र पठाएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भण्डारीले पठाएको पत्र आइपुगेको जानकारी दिएका छन् ।
विद्या भण्डारीको घोषणाले एमालेमा हलचल, महासचिव पोखरेलको निर्देशन- नेतृत्वको बहस पूरै बन्द गर्नू
रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित
एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा
तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण लिएर खानेपानी आयोजनाको काम अगाडि नबढाउने भएको छ ।

बिहीबार उपमहानगरपालिकाका मेयर हर्कराज राईले एसियाली विकास बैंक (एडीबी) बाट ऋण लिएर धरानमा खानेपानी योजनाको काम आगाडि नबढाउन जानकारी दिँदै खानेपानी मन्त्रालय र मन्त्रीलाई पत्र लेखेका छन् ।
मेयर राई धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत हुन् ।
उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको जनाउँदै आर्थिक वर्ष २०८२-८३ मा सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको जनाएका छन् ।
हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
ङुइला नाका तीन महिनाका लागि खुल्ला
तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो ।

गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो । तिब्बती नाका खुल्ला भएसँगै हालसालै संकलन गरिएको यार्सागुम्बा, वनलसुनलगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
अण्डाको मूल्य क्रमशः बढ्ने संकेत
जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए ।
एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यादव जसपाको मधेस प्रदेशका अध्यक्ष हुन् ।
मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए
क्याफेभित्र रविको पक्षमा हस्ताक्षर अभियान, निकिताको पहलमा पुगे दर्जनौँ कलाकार
रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान जारी छ ।

पार्टी कार्यालयदेखि चोकचोक र सडकमा पनि चलाइएको यो हस्ताक्षर अभियान अहिले वडा तहसम्म लगिएको छ । अहिले सेलिब्रिटी र कलाकारहरूका लागि रास्वपाले एउटा क्याफे परिसरमा पनि हस्ताक्षर पुस्तिका राखेको छ ।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशलाई सर्वोच्च अदालतले सदर गरेर रविलाई थुनामुक्त गर्न अस्वीकार गरिसकेको अवस्थामा राजनीतिक प्रतिशोधको नाम दिएर रास्वपाले सर्वसाधारणबाट संवेदना बटुल्ने तरिका निकालेको हो ।
सर्वोच्चलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई सहकारी ठगीमा निर्दोष भन्न नमिल्ने ठहर गरिसकेको छ । तर सर्वोच्को आदेशलाई पनि चुनौती दिँदै रास्वपाले सर्वसाधारणलाई तान्ने कोसिस गरेको छ ।
सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)
चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू)
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश
इजरायली आक्रमणमा १५ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।
इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताए ।
उनले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताए । उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो ।
अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै
वार्ता अस्वीकार गरेको रूसद्वारा युक्रेनमा अहिलेसम्मकै भीषण हवाई आक्रमण
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ३० जना घाइते
आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन
अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता
अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन हुने देखिएको छ। मंगलबार ह्वाइट हाउसले युक्रेनमा हतियार आपूर्तिमा कटौती गर्ने निर्णय गरेको हो।
ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले रक्षा मन्त्रालयले अन्य देशलाई गरेको सहयोगको पुन मूल्याङ्कन गरेपछि अमेरिकाले युक्रेनका विषयमा यो निर्णय लिएको बताएकी छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशले आपूर्तिको विषयमा प्रस्ट पार्नु आवस्यक रहेको बताए। विदेश मन्त्रीले भने यसमा ढिलाइ भए रुसको मनोबल बढ्ने प्रतिक्रिया दिए।
रुसले लगातार मिसाइल र ड्रोन आक्रमण गरेपछि युक्रेनले पनि एयर डिफेन्सलाई बलियो बनाउनुपर्ने प्रतिक्रिया मन्त्रीले दिएका छन्। युक्रेनले भने हतियार सहयोग कटौतीका विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको छ।
लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन
अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता
‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेका थिइन्
अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, ‘उहाँ बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ ।’

यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उहाँले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए ।
इस्लामले भने, ‘उहाँको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबीच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ ।’
सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी
खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’
लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन
लिभरपुलका चर्चित फरवार्ड २८ वर्षीय डियोगो जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे जोटाको स्पेनमा बिहीबार भएको कार दुर्घटनामा निधन भएको छ।
यात्राका क्रममा दुवैजना दाजुभाइको निधन बिहीबार स्पेनको सामोरा प्रान्तको सेर्नादिल्ला नगरपालिकास्थित मोटरवेमा दुर्घटना हुँदा भएको हो।

स्पेनको सिभिल गार्डका अनुसार, जोटा र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफियलका खेलाडी उनका भाइ आन्द्रे जोटा लेमबोर्गिनी गाडीमा यात्रा गरिरहेका बेला दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको उनीहरू सवार कारले ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट बाहिरिँदा आगो लागेको थियो। गाडीमा आगलागी भएपछि नजिकैको झाडीसमेत जलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रतिक्रिया