घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् ।
२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रुत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन्।
‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’
हाम्रा पर्व विविधतामा एकता चिनाउने अवसर हुन् : उपराष्ट्रपति यादव
‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’
ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र
बारम्बार दुर्घटना हुन थालेपछि धोबीखोला करिडोरमा रेलिङ राख्न थालियो
गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। उनीहरूले गुण्डु पुगेर करिब डेढ घण्टा छलफल गरेको स्रोतले जनाएको छ। छलफलमा नेताले प्रतिनिधि छनोटको विवाद टुङ्ग्याएर अगाडि बढ्न आग्रह गरे ।

‘महाधिवेशन नजिकिएकाले विवाद रहेका जिल्लाहरूमा टुङ्ग्याएर अगाडि बढ्नुपर्छ भनेका छौँ । यसले राम्रो सन्देश दिएन, सुल्झाउनु पर्ने कुरा राख्यौँ’, पोखरेलसँगै गुण्डु पुगेका ती नेताले भने, ‘एमालेमाथि चौथर्फी हमला भइरहेका बेला प्रतिनिधिको विवाद अल्झाइराखेर बाहिर राम्रो म्यासेज जाँदैन।’
उनीहरूले महाधिवेशन आउन करिब नौ दिन मात्रै बाँकी रहँदा पनि प्रतिनिधिको विवाद नटुङ्गिनाले अन्योल कायमै रहेको बताएका छन् । त्यहीकारण आफूहरूले ओलीलाई विवाद सुल्झाउन सुझाव दिएको ती नेताले बताए ।
एमालेमा प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव गर्दैमा समस्या हुँदैन : विष्णु रिमाल
उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने
विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षड्यन्त्र नगरियोस्
महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यतालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए ।
उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए । विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनले बताए ।
उनले बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने धारणासमेत राखे । महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए ।
कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने
मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन
मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र
बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले ४९ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम नै राखेको छ ।
कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको चितवनले पहिले फिल्डिङ गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।

यससँगै समूह चरणका २ खेलअघि नै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिमले ६ खेलमा शत प्रतिशत नतिजा निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो टिमले यसअघि जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई जितेको थियो ।
१२ अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । चितवन भने ६ खेलमा २ जित र ४ हारले ४ अंकसहित तालिकाको छटौं स्थानमा छ । आजको खेलमा ब्याटिङ निर्णायक बन्दा सुदूरपश्चिमले जित निकालेको हो ।
काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित
चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार
सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य
७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’
पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक
तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम र चितवनको प्रतिस्पर्धा
सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट
टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ
काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित
नेपाल प्रिमियर लिग(एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा सीमित भयो ।

यससँगै काठमाडौंले समूह चरणका ७ खेलमा ५ जित निकाल्दै प्लेअफमा स्थान बनाएको छ । यो टिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणका खेल पूरा गर्ने क्रममा यो टिमले २ हार र ५ जित निकालेको छ ।
यसअघिका ६ खेलमा काठमाडौंले विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो । चार टिम कर्णाली याक्स, चितवन राइनोज, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सलाई जितेको थियो ।
पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक
एनपीएल : भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
काठमाडौंविरुद्ध पोखराको ऋषिको अर्धशतक
पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट
काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट
पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य
१९ बलमा काठमाडौंका भीमको अर्धशतक
पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक
पोखराले लियो काठमाडौंको ३ विकेट
चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।

उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए। उनका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ ।
गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ ।
व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’
झापामा नरिवलको व्यावसायिक खेती
उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला
हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही
लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गरेका छन् । उनको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो ।
पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गरेका थिए । यसपटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो ।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ । साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिनेछन् ।
तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा व्यावसायिक निकायबीचका ज्ञापनपत्रहरू हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
भारत–रुस सम्बन्धमा अमेरिकी दबाब
म्याक्रोन–सी भेटवार्तामा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह
अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग
अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी
अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी













प्रतिक्रिया