आजका समाचार : कुलिङ पिरियड विवादमा संसदीय समिति गठन, इजरायलको विपक्षमा पाँच कम्युनिष्ट दल र गाजामा युद्ध विरामको सम्भावना | Khabarhub Khabarhub

आजका समाचार : कुलिङ पिरियड विवादमा संसदीय समिति गठन, इजरायलको विपक्षमा पाँच कम्युनिष्ट दल र गाजामा युद्ध विरामको सम्भावना


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय
‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा संसदको आगामी बैठकले समिति गठन गर्ने निर्णय गरेको छ । सोका लागि १५ दिनको समय दिइने बताइएको छ ।

सभामुख र विभिन्न दलका नेताबीच भएको छलफलमा निर्णय भएको छ । कांग्रेसको नेतृत्वमा ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने निर्णय भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

मुलुकको समृद्धिका लागि पर्यटन शक्तिशाली विकल्प हो : अर्थमन्त्री

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

एएफसी महिला एसियन कपको फाइनल पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसकाविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा ९क्रान्तिकारी माओवादी० लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए । इजरायलको विरूद्ध माओवादी सहितका दलहरू विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसंग पनि छलफल अघि बढाइने धारणा राखे ।

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउने सम्भावना नै रहेको दाबी गरेका छन् ।

जय नेपाल फाउन्डेसनले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा पूर्वप्रधानमन्त्री कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको दाबी गरेका हुन् ।

‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो,’ सभापति देउवाले भने, ‘हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’

उनले कोइरालाको हिम्मत र समन्वयकारी भूमिकाका कारण पहिलो संविधानसभाबाट संविधान जारी नभए पनि गणतन्त्र आएको पनि जिकिर गरे ।

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडकमा रहेको पुल भाँचिएको हो । उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

टौवास खोलाले बगाउँदा एक जनको मृत्यु

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि

नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको छ । नेपाल सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ।

यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव हमासले इजरायलसँग गरेसँगै ६० दिने युद्ध विरामको विषयमा ग्रिन सिग्नल दिएको छ। वार्तामा सहभागी अनुसार हमासले मध्यस्थता गरिरहेकासँग सकारात्मक प्रतिक्रिया दिएको छ। इजरायलले यसअघि नै अमेरिकाले तयार पारेको युद्ध विरामको प्रस्तावमा सहमति जनाइ सकेको थियो। हमास तयार भएपछि यी दुई पक्ष बिच निर्णायक वार्ता हुनेछ।

हमाससँग वार्ता अघि बढाइरहेको प्यालेस्टाइनी अमेरिकी बिसहरा बबाहले आफूहरू युद्ध अन्त्य र शान्तिको पक्षमा अघि बढी रहेको बताएका छन्। गाजामा अहिले ५० इजरायली बन्दी छन्। हमासले रिहा गर्न बाँकी रहेका मध्य १० जीवितलाई पहिलो चरणमा रिहा गर्ने प्रस्ताव छ। सोही प्रस्ताव अनुसार १८ शव हस्तान्तरण हुनेछ।

पहिलो दिन नै हमासले ८ बन्दी रिहा गर्ने जनाइएको छ। साथमा इजरायलले जेलमा रहेका धेरैलाई छाड्ने छ। पहिलो चरणको युद्ध विराम कै समयमा स्थायी युद्ध विरामका लागि प्रयासहरू हुने जनाइएको छ। पहिलो चरणमा हमासले बन्दी रिहा गरे पछि अन्य ४ फरक मितिमा बाँकी रहेका बन्दी रिहा गरिने छ।

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु















 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’