सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।
‘भान्सादेखि संसद्सम्म महिला-पुरुष समान सहभागिता चाहिन्छ
कुलमानले ठीकठाकै चलाएको विद्युत प्राधिकरण हितेन्द्र आउनासाथ किन समस्यामा ?
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी थापालाई
‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’
राष्ट्रपति पौडेलले भने- समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ
प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन
जनमुखी बजेट बनाउन एमाले शीर्ष नेताको सुझाव
गोरखापत्र प्रकाशन स्वतन्त्र छ : प्रधानमन्त्री
भारत-पाकिस्तान तनावबारे नेपालको संसदमा चिन्ता
प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनावले नेपाललाई अल्पकालीन र दीर्घकालीन प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्नेमा सांसदको चासो छ ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको बताए । उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राजनीतिक दलको एकता जरुरी भएको बताए ।
उनले संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा जोड दिए ।
‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’
प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्यो शोक प्रस्ताव
नीति, कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता : सांसद श्रेष्ठ
भारत-पाकिस्तान तनावका बेला नेपाल सरकारले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद
नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग
ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड
सत्तारूढ नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीकै एकछत्र राज छ । एमालेमा अहिले उनीबाहेक अरू कसैको गुट छैन ।
तर, ओलीकै एकछात्र राज हुँदा पनि जिल्ला जिल्लामा एमाले र भ्रातृसंगठनका कार्यकर्ताबीच टाउको फोडाफोड हुन थालेको छ।

मंगलबार मात्रै एमाले धनुषाको अधिवेशनमा रघुवीर महासेठ र उमाशंकर अरगरियाको गुटबीच कुटाकुट भएको थियो । नेतृत्व हत्याउन भएको होडबाजीका क्रममा धनुषाको अधिवेशनस्थलमै दुई पक्ष भिड्दा केही घाइते भएका थिए ।
धनुषा प्रकरण सेलाउन नपाउँदै एमाले पर्वतको पार्टी कार्यालयमै भ्रातृसंगठन युवा सङ्घ नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
वडाध्यक्षले अधिकृतलाई हात हालेपछि पोखरा महानगरमा काम ठप्प
दाङबाट आएको गोलभेडामा विषादी भेटियो
उपत्यकाका स्ववियु सभापतिहरू सम्मानित
‘फास्ट ट्रयाक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख’
पानीका मुहान संरक्षण गर्न रिचार्ज पोखरी
४० लाख नगदसहित २ हुन्डी कारोबारी पक्राउ
युद्धतिर भारत-पाकिस्तान : दुवैतर्फ एकैदिन कम्तीमा ३६ जनाको मृत्यु
भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ।
पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको आक्रमणका १० जना मारिँदा ३२ जना घाइते भएका छन् ।

भारतीय सेनाका अनुसार, पाकिस्तानले भारत नियन्त्रित जम्मू-कश्मीरको पुंछ जिल्लामा पर्ने भिम्बर क्षेत्रमा तोपबाट गोला हानेको थियो । जुन दुवै देशबीचको वास्तविक नियन्त्रण रेखा(एलओसी)नजिक पर्छ।
उता पाकिस्तानले भने भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको जनाएको छ । मंगलबार राति भएको हवाई हमलाका क्रममा ४६ जना घाइते भएको जानकारी पाकिस्तानी अधिकारीले दिएका छन् ।
भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प
पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत
पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन
भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
भारत–पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घको आग्रह
जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु
अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति : ओमान
भारतीय शीर्ष कूटनीतिज्ञलाई बोलाएर के भन्यो पाकिस्तानले ?
बेलायतले भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्ने
साना विमानस्थलमा इजरायली आक्रमण, ५० करोड डलरको क्षति
मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति
भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ
इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु
भारतमा युद्धमा जोगिने अभ्यास : देशभर ‘मोक ड्रिल’, उच्च सुरक्षा सतर्कता
प्रतिक्रिया