भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले
चीन र भारतबीच अघिल्लो साता भएको सीमा सम्वादलाई नेकपा एमालेले ‘सकारात्मक’ कदम भएको बताएको छ । दुई छिमेकीको उक्त सम्वाद नेपालको हितमा भएको सत्तारुढ एमालेको ठहर छ ।
मंगलबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘झण्डै चार वर्षपछि चीन र भारतबीच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा सम्वाद भएको छ र उनीहरुले ६ बुँदे सहमति सार्वजनिक गरेका छन् । दुई छिमेकीहरुबीच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा छ ।’
एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’
नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई स्मार्ट मोबाइलबाट सामाजिक सञ्जाल चलाउन अभ्यस्त बनाउने भएको छ ।
विपक्षीहरुले सामाजिक सञ्जालको प्रयोग गरेर एमालेमाथि गर्ने आलोचना र गालीको प्रतिवादका लागि कार्यकर्तालाई ‘स्मार्ट’ बनाउने उद्देश्यले पार्टीले फेसबुक चलाउन सिकाउने भएको हो ।
सामाजिक चलाउन सिकेका कार्यकर्ताले पार्टीको कमी कमजोरीबारे भने सार्वजनिक रुपमा अभिव्यक्ति दिन पाउने छैनन् । त्यसो गरेको खण्डमा उनीहरुमाथि कारबाही गरिने चेतावनीसमेत एमाले हेडक्वार्टरले दिएको छ ।
एमाले बैठकमा सहभागी लेखराजले जब एमाले छाडेको खबर सुने…
एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय
मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता
‘समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ’
मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले-कांग्रेसले जनाए ऐक्यबद्धता
विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।
परराष्ट्रमन्त्री डा. राणासँग मन्त्रालयमा भेटका क्रममा राजदूत बासलाई नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।
निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह
‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’
राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
प्रचण्डलाई आफ्नो पार्टीभन्दा एमालेको धेरै चिन्ता
यस पटक संयोगवश तीनवटा ठूला दलको केन्द्रीय कमिटी बैठक बस्यो । सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक एकै समयमा बसेर सकिएको छ।
एमाले र माओवादीको केन्द्रीय कमिटी बैठक एकै दिन अर्थात् आइतबार सुरु भएर मंगलबार सकिएको छ । यी दुई बैठक चर्चाका हिसाबले राष्ट्रिय राजनीतिको केन्द्रमा रहिरहे।
माओवादी बैठक देशकै सर्वोच्च पदमा पुगिसकेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आगमनले तरंगित भयो । उनको आगमनलाई लिएर माओवादी स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको देखियो । एउटा कित्ता उनलाई स्वागत गर्ने र अर्को कित्ता रोक्नेतर्फ उभियो ।
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष दाहाल
शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग कुरा गर्छु – प्रचण्ड
सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन
‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव
सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना
पोखरास्त सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा कास्की जिल्ला अदालत अब आदेशको चरणमा पुगेको छ ।
एक सातादेखि जारी बहस बुधबार निष्कर्षतिर पुगेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासले सम्भवत: बिहीबार साँझसम्ममा यस मुद्दामा आदेश दिन सक्नेछन् ।
जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बुधबार निरन्तर बहस चलेर निष्कर्षमा पुगेको बताएका छन् ।
‘सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दाको थुनछेक बहस निरन्तर चलेको छ । बुधबार प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादु्र थापाले बहस गर्नु भयो’, उनले भने, ‘अन्य प्रतिवादीहरू कृष्णबहादुदर गुरुङका हकमा हरि सुवेदी र गंगाप्रसाद सुवेदीले बहस गर्नु भएको छ। त्यसैगरी मीना गुरुङ र आरती गुरुङको हकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर र मनोज घर्ती मगरले बसह गरेपछि प्रतिवादीहरूको प्रतिरक्षा बहस सकिएको छ।’
तत्कालै १० लाख धरौटी बुझाएर रिहा भइन् ऋषिपत्नी अञ्जला
रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा फोहोर पानीका जार नष्ट
भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पोखराका तालमा ५३ प्रजातिका जलपक्षी
बागमती सफाइ अभियानमा महानगरले सघाउने
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित
चीनमा फेरि अर्को भूकम्प
चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित चिङ्घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ ।
तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन । मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । यो भूकम्पमा १८८ जनाघा इते भएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन
भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु
कार्टरको पार्थिव शरीर अमेरिकी संसद् भवनमा
‘डोमिनो’ जस्तै ढल्दैछ राजनीतिक संस्थापन
गत वर्ष सन् २०२४ को प्रारम्भमा हामीले नयाँ वर्ष विश्वभर चुनावको वर्ष हुँदैछ भनेर लेखेका थियौं । अहिले सन् २०२४ सकिइसकेको छ र चुनावी वर्ष पनि समाप्त भएर सन् २०२५ लागिसकेको छ । नयाँ वर्ष शुरु भएर यो लेख्ने दिनसम्म आज जनवरी ८ भइसकेको छ ।
हुन त जनवरी महिना नसकिँदासम्म नयाँ वर्षको आभाष भइ नै रहेको हुन्छ । आजसम्म पहिलो साता पनि बितेको छैन ।
सन् २०२५ को आगमनसँगै विश्व राजनीतिबारे केही लेख्नका लागि कार्यालयको कम्प्युटर खोलेर रोयटर्समा समाचार हेर्दा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएछन् ।
अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन
एअर एम्बुलेन्स चढेर लण्डन पुगिन् बंगलादेशी नेतृ खालिदा
लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव
मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माण सम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति लगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भए पनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए ।
प्रतिक्रिया