साप्ताहिक ब्रिफिङ : रवि धरौटीमा रिहा, जथाभावी लेखे एमालेबाट निकालिने, डढेलोले लस एन्जलस तहसनहस | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : रवि धरौटीमा रिहा, जथाभावी लेखे एमालेबाट निकालिने, डढेलोले लस एन्जलस तहसनहस


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो साता राजनीतिक विषयवस्तु साथै सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकासमाचार हाबी भए ।

यो साता ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा, रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी, विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह, प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवादलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् ।

शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् ।

‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’, ओलीले राष्ट्रपतिसँगको संवादका क्रममा भनेको भनाइबारे स्रोतले भन्यो, ‘सत्तारुढ दुई दलको सहकार्य संविधान संशोधनको एजेन्डाकै लागि भएको थियो । त्यहीअनुसार संविधान संशोधनका लागि कार्यदल बन्दैछ ।’

ओलीले कार्यदल बनाउने कुराबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे पनि विस्तृत खुलाएनन् । उनले कार्यदलमा रहने सदस्यहरूबारे पनि विस्तृत ब्याख्या नगरेको शीतल निवास स्रोतले जनाएको छ ।

कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन

प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन

अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीबिना मैदानमा उत्रिएर जित्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरेका छन् ।

अनेरास्ववियुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले स्थापित र सफल खेलाडीले अरूको वैशाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान बन्दै अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिए ।

एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’

अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा

‘म्याजिक नम्बर’को तनावमा गगन र विश्वप्रकाश

उद्योगमन्त्री भन्छन्- उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले मालबाहक सवारी साधानको पनि भाडा बढाएको छ ।

यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशत बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.८३ प्रतिशत बढेको छ । तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.०५ प्रतिशत बढेको छ ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानेर सरकारले भाडा समायोजन गर्दै आएको र सोही अनुरुप भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ’

२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।

अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाउले उनी फेरि समातिन सक्नेछन् ।

उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।

रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी

रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो मागदाबी, छविलालको ७४ करोड जफत गर्न माग

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे

पोखराबाट छुटेका रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

तत्कालै १० लाख धरौटी बुझाएर रिहा भइन् ऋषिपत्नी अञ्जला

रविका साझेदार छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, बिगो थियो ७४ करोडको

न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ

सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो

रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश

निर्मल पूर्जाबाट घर मालिकलाई एक करोड १४ लाख क्षतिपूर्ति भराउने फैसला

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर

विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री डा. राणासँग मन्त्रालयमा भेटका क्रममा राजदूत बासलाई नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।

प्रचण्डलाई आफ्नो पार्टीभन्दा एमालेको धेरै चिन्ता

यस पटक संयोगवश तीनवटा ठूला दलको केन्द्रीय कमिटी बैठक बस्यो । सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक एकै समयमा बसेर सकिएको छ।

एमाले र माओवादीको केन्द्रीय कमिटी बैठक एकै दिन अर्थात् आइतबार सुरु भएर मंगलबार सकिएको छ । यी दुई बैठक चर्चाका हिसाबले राष्ट्रिय राजनीतिको केन्द्रमा रहिरहे।

माओवादी बैठक देशकै सर्वोच्च पदमा पुगिसकेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आगमनले तरंगित भयो । उनको आगमनलाई लिएर माओवादी स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको देखियो । एउटा कित्ता उनलाई स्वागत गर्ने र अर्को कित्ता रोक्नेतर्फ उभियो ।

यस्तोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई उनकै इच्छाअनुसार पार्टीमा फर्काइएको बताए । पुनलाई उनले उपाध्यक्षको हैसियतमा मञ्चामा आफूसँगै राखेका थिए ।

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग कुरा गर्छु – प्रचण्ड

‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव

प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्न नेताहरूलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय समिति बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत

संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित बैठकमा दुईजनाबीच चर्काचर्की भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए ।

सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

हाम्रा सिफारिस जुन यहाँलाई मन पर्न सक्छ !

भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट-बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको छ।

यो पुल भाँच्चिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका आउने सडक पूरै ठप्प भएको छ ।

पुल भाँच्चिएपछि अहिलेसम्म वैकल्पिक मार्ग व्यवस्थापन हुन सकेको छैन । राति हुँदै गएपछि तत्कालै वैकल्पिक मार्ग या डाइभर्सनको काम सम्भव नहुने अवस्था आएको छ । पुल भाँच्चिएपछि गन्तव्यतिर हिँडेका सयौँ गाडीका हजारौँ यात्रु बाटैमा रोकिएका छन् ।

अहिले उक्त राजमार्ग भएर आवतजावत गर्ने योजनामा रहेका सर्वसाधारणलाई स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यात्रा नथाल्न पनि भनेको छ ।

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो, प्रदूषित शहरको पाँचौ सूचीमा

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा

चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

बूढीगंगा बाढीपीडितको गुनासो : चार वर्षमा पटक पटक बाढी फर्कियो, राज्यले फर्केर हेरेन

अन्तर्राष्ट्रिय

लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति

अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन् ।

अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

‘डोमिनो’ जस्तै ढल्दैछ राजनीतिक संस्थापन

गत वर्ष सन् २०२४ को प्रारम्भमा हामीले नयाँ वर्ष विश्वभर चुनावको वर्ष हुँदैछ भनेर लेखेका थियौं । अहिले सन् २०२४ सकिइसकेको छ र चुनावी वर्ष पनि समाप्त भएर सन् २०२५ लागिसकेको छ । नयाँ वर्ष शुरु भएर यो लेख्ने दिनसम्म आज जनवरी ८ भइसकेको छ ।

हुन त जनवरी महिना नसकिँदासम्म नयाँ वर्षको आभाष भइ नै रहेको हुन्छ । आजसम्म पहिलो साता पनि बितेको छैन ।
सन् २०२५ को आगमनसँगै विश्व राजनीतिबारे केही लेख्नका लागि कार्यालयको कम्प्युटर खोलेर रोयटर्समा समाचार हेर्दा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएछन् ।

तिब्बतमा शक्तिशाली भूकम्प

चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर तिब्बतमा मात्रै अहिलेसम्म १३० जना घाइते भएका छन् ।

चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : ०२ बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित