आजका समाचार : पूर्वराजा उत्साहित हुँदा दलहरूमा आक्रोश, माओवादी सडकमा उत्रिने र युक्रेन अमेरिकासँग वार्ता गर्न तयार  | Khabarhub Khabarhub

आजका समाचार : पूर्वराजा उत्साहित हुँदा दलहरूमा आक्रोश, माओवादी सडकमा उत्रिने र युक्रेन अमेरिकासँग वार्ता गर्न तयार 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !
करिब एक महिनासम्म पोखरामा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार निर्मल निवास फर्किएका छन् । पोखरामै रहँदा ज्ञानेन्द्रले फागुन ६ गते साँझ एउटा भिडियो सन्देश सार्वजनिक गरे । उक्त भिडियोलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सातापछि आइतबार सुदूरपश्चिम प्रदेशसभाबाट पूर्वराजाविरुद्ध आक्रामक जवाफ फर्काए ।

पूर्वराजा शाहले फागुन ७ गतेको प्रजातन्त्र दिवसका सन्दर्भमा शुभकामना दिने क्रममा भिडियो सन्देश दिएका थिए । उक्त सन्देशलाई राजेन्द्र लिङदेन, कमल थापा लगायतका राजावादी नेताहरुले स्वागत गरेका थिए ।

तर, गणतन्त्रवादी दलहरु भने पूर्वराजाको सम्वोधनलाई लिएर आक्रोशित देखिएका छन् । माओवादीले जागरण अभियान नै रोकेर बैठक डाकेको छ । प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई राजनीतिमा आउन खुल्ला चुनौती दिएका छन् ।

कांग्रेस नेताहरुले पनि आक्रोश पोख्दै पूर्वराजाले खाईपाई आएको सुविधासमेत खोस्न सकिने चेतावनी दिएका छन् ।

आखिर, गत फागुन ६ गतेको आफ्नो सम्वोधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले त्यस्तो के कुरा बोलेका थिए, जसले प्रधानमन्त्री ओलीलाई समेत आक्रोशित बनायो ?

पूर्वराजाले भिडियो सन्देशमा जनतालाई उक्साउने अभिव्यक्ति दिएको गणतन्त्र पक्षधर नेताहरुको आरोप छ । सन्देशमा उनले जनतासँग सहयोग माग्दै भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’

राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ

महानगरको निर्णय : स्वागत कार्यक्रम ज्ञानेन्द्रको, जरिवाना राजेन्द्रलाई

राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो

पूर्वराजाको स्वागतमा आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले राख्न लगाएको आरोप

बाह्य अनुदानमा भर नपर्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापिकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्ष्य गर्दै उनले भने ‘उता जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’

न्यायाधीशले विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

मुलुकभित्रै रोजगारी सृजना गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण 

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीका कारण कुनै एक दलको एकल बहुमत प्राप्त गर्न सहज नभएको बताएका छन्

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम सम्मेलनको धनगढीमा उद्घाटन गर्दै उनले एकल बहुमत प्राप्त गर्ने अवस्था नभएका कारण कसै न कसैसँग चुनावी गठबन्धन गर्नुपर्ने अवस्था आउने बताए ।

‘हाम्रो संविधान समावेशी संविधान छ । समानुपातिक प्रणालीको आधारमा समावेशी संविधान छ । राष्ट्र नै समावेशी पद्धतिमा चलेको छ,’ सभापति देउवाले भने, ‘यस कारण कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । कुनै न कुनै पार्टी सित गठबन्धन गर्नुपर्ने हुन्छ । ठूलो भएता पनि हामीसित बहुमत छैन । भोलि पनि हुने सम्भावना कम छ ।’

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली

सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला

विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा 

राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ
नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् ।

बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ ।खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारले जनतालाई डेलिभरी दिन नसक्दा समस्या आएको निष्कर्ष सुनाए ।

वर्तमान सरकारले कार्यशैली सुधार नगरेकाले प्रतिपक्षीले केही गृहकार्य गर्ने दिन आएको उनले बताए । प्रचण्डले भने, ‘साथीहरू वर्तमान सरकारले असन्तुष्टिले सडक तात्यो । अब हामी चुप बस्नुहुँदैन । लामो समय संघर्ष गरेर ल्याएको गणतन्त्रलाई हल्लाउने प्रयत्न भइरहेको छ ।’

माओवादी निष्कर्ष- सरकारकै कारण प्रतिगामी सलबलाए, राजा फर्किने कुरा असम्भव

प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’

स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा कांग्रेस-एमाले गठबन्धन
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सिन्धुपाल्चोकमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सिन्धुपाल्चोकले चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु निर्वाचनमा गठनबन्धन गर्ने निर्णय गरेका हुन् ।

नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनी र अनेरास्ववियु अध्यक्ष रविन वाईबा तामाङबीच सिन्धुपाल्चोकका १२ वटा क्याम्पसमध्ये ६(६ क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ ।

उनीहरूबीच सभापति लिने संगठनले सचिव र कोषाध्यक्ष नलिने र सदस्यहरू बराबरी बाँडफाँड गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह

अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक

सप्तरीमा तीन घर जले, लाखौंको क्षति

धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा

चिनी उद्योगलाई फागुनमै उखु अभाव

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 

उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सोही दिन सियोल र वासिङ्टनले फ्रिडम सिल्ड नामक प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए

‘हाम्रो सेनाले लगभग १३ः५० मा ह्वाङहे प्रान्तबाट पश्चिम समुद्रमा प्रहार गरिएका धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाएको छ’, पहेँलो सागर भनेर पनि चिनिने समुद्रलाई उल्लेख गर्दै संयुक्त चिफ्स अफ स्टाफले भने, ‘हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग निकट सहकार्यमा निगरानी बढाउनेछ र पूर्ण तयारी अवस्था कायम राख्नेछ ।’

संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा दशौँ हजार अमेरिकी सैनिक राखेको छ र सहयोगीहरूले नियमित रूपमा संयुक्त अभ्यासहरू गर्छन् । यसलाई उनीहरूले रक्षात्मक प्रकृतिका रूपमा वर्णन गर्छन् ।

तर त्यस्ता अभ्यासहरूले प्योङयाङलाई प्रभावित पार्छ । अभ्यासहरूले तिनीहरूलाई आक्रमणको अभ्यासका रूपमा लिन्छ र नियमित रूपमा आफ्नै हतियार परीक्षणका साथ प्रतिक्रिया दिन्छ ।

सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण अर्थहीन : इरान

राजनीतिक संकटबीच नेटो प्रमुख बोस्निया भ्रमणमा

पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै

हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’

कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै : कस्तो बन्ला ट्रम्पसँगको सम्बन्ध ?







प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५५ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।