आजका समाचार : अड्कियो मन्त्रिपरिषद् विस्तार, कानुन र प्रकृया मिलाउने काममा सरकार, मौजुदा दलभित्र पनि दबाब बढ्दै र अझै १० हजार कैदी फरार | Khabarhub Khabarhub

आजका समाचार : अड्कियो मन्त्रिपरिषद् विस्तार, कानुन र प्रकृया मिलाउने काममा सरकार, मौजुदा दलभित्र पनि दबाब बढ्दै र अझै १० हजार कैदी फरार


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ

प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका अत्यावश्यक संस्थाका कार्यालय र फाइल नष्ट गर्न योजनावद्ध षडयन्त्र भएको आफूलाई लागेको बताएकी छिन्‌ ।

अहिले सिंहदरबारमा भइरहेको पदभार तथा परिचयात्मक कार्यक्रममा बोल्दै अन्तरिम सरकारकी प्रमुख कार्कीलेउ मुलुकलाई जुनजुन संस्था अन्त्यन्त आवश्यक संस्थाहरूमै छानिछानी प्रहार भएको बताइन्‌ ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनमा सरकारले दमन गरेपछि भोलिपल्ट २४ गते निस्किएको अनियन्त्रित प्रदर्शनको मौका छोपी अराजक समूहले देशभर न्यायालय, सुरक्षा कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेको थियो ।

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

जेन-जीको आन्दोलनमा षड्यन्त्र भयो, कडा छानबिन हुन्छ : प्रधानमन्त्री

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको छ ।विभिन्न समूहमा छलफल गरेर मन्त्रीहरूको नाम टुङ्ग्याउनुपर्ने चुनौती आएपछि आइतबार पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान पदभार ग्रहण गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिनन् । आइतबार बिहानै जेन-जी अनिल बानियाँले बेलुकासम्ममा केही मन्त्रीहरूको नाम टुङ्गो लाग्ने बताएका थिए ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् गठन कहिलेसम्ममा भइसक्छ भन्ने टुङ्गो लागेको छैन ।

‘मिल्दैछ दुई चार दिनभित्रमै मन्त्रीपरिषद् गठन हुन्छ होला। चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ’, स्रोतले भन्यो ।

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

संसद् विघटनप्रति एमाले असहमत

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग

६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ । नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार देखिएको हो ।

निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुमन घिमिरेले निर्धारित अवधिभित्रै चुनाव गराउन आयोग तयार रहेको जानकारी दिए ।

‘फागुन २१ सम्म हिसाब गर्दा हामीसँग झण्डै ६ महिना समयावधि छ । सामान्यतयाः अन्तरराष्ट्रिय मापदण्डमा पनि १२० दिनअघि निर्वाचन घोषणा भएपछिको अवधिलाई निर्वाचन अवधि भन्छौँ’, खबरहबसँग कुरा गर्दै उनले भने, ‘ त्यति समयभित्र निर्वाचन सम्पन्न गरेको अनुभव छ, गर्न नसकिने भन्ने नै हुँदैन ।’

घिमिरेका अनुसार; आयोगले नयाँ मतदाता नामावली सङ्कलन गर्ने निर्णय भए त्यो काम पनि पूरा गरेर ६ महिनाभित्रै सहज ढङ्गले चुनाव गराउन सक्छ । यसका लागि भने मतदाता नामावली ऐन, २०७३ मा सरकारले आवश्यक संशोधन गर्नुपर्ने उनले बताए ।

मौजुदा ऐनको दफा ४ को उपदफा (२) मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन’ उल्लेख छ ।

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्बिरहरू)

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको छ।

खासमा आफूलाई जेन-जी आन्दोलनको नेता बताउँदैका आएका सुदन गुरुङले ऋषि धमलाको उपस्थितिमा रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा सुरूदेखि नै तनाव भएको थियो ।

आक्रमक शैलीमा प्रस्तुत भएका सुदन र एकजना पत्रकार किशोर श्रेष्ठबीच प्रश्नोत्तरका क्रममा भनाभन भयो । पत्रकार श्रेष्ठले ७३ वर्षीया वृद्धालाई प्रधानमन्त्री बनाएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देशलाई लैजान चुकेको भन्दै आक्रोश पोखे ।

जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार पाटन कृष्ण मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

स्वतन्त्र रूपमा भेला भएका उनीहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । आन्दोलनमा ७२ जनाको ज्यान गयो । १७ सय बढी घाइते भए ।

पर्यटन मन्त्रालयको काम नियमित

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद् : क्षतिको मूल्याङ्कन र सेवा सञ्चालन सँगसँगै

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आइतबार मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागमा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा धेरै सहभागी भएका छन् ।

दक्षिणपन्थी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले बेलायतको युनियन ज्याक र इङ्ग्ल्याण्डको सेन्ट जर्ज क्रस झण्डा बोकेका थिए । कतिपयले इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को पनि झण्डा बोकेको रोयटर्सले जनाएको छ ।

‘युनाइट द किङ्गडम’ नाम दिइएको प्रदर्शनमा आप्रवासनविरोधी नारा लगाइएको थियो । बेलायतमा बढ्दो आप्रवासनको विरोधमा प्रदर्शन आयोजना गरिएको बीबीसीले जनाएको छ ।

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : १० बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको