आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव | Khabarhub Khabarhub

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुनपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरूले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरे।

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो 

एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

हाँ गए कांग्रेस-एमालेका सांसद ?
प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अवरोधका बाबजुद सत्तापक्षले पेलेरै छलफल अगाडि बढाएको छ । तर, प्रतिनिधिसभाको उपस्थिति हेर्दा कहालीलाग्दो दृश्य थियो।

सोमबार संसदमा अर्थमन्त्री एक्लै बसेर भाषण सुनिरहेको दृश्य हेर्दा संसद्प्रति सत्ता पक्षको गम्भीर उपेक्षा प्रस्ट झल्किन्थ्यो ।

प्रतिनिधिसभामा सांसदहरूको बहुमत उपस्थिति त कल्पना बाहिरको विषय भइसकेको छ भने, खाली कुर्सीलाई भाषण सुनाउने र अर्थमन्त्रीले एक्लै सुन्ने हास्यास्पद दृश्य सोमबार पनि जारी रह्यो।

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

प्रतिनिधिसभामा आज पनि राप्रपा, रास्वपाको अवरोध कायमै

राजेन्द्र लिङदेनले भने- जबरजस्ती सदन चलाए बहिष्कार गर्छौँ

सदनको अवस्था : रास्वपाको बेल घेराउ, राप्रपाको बहिस्कार (तस्बिरहरू)

बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन : प्रमुख सचेतक परियार

अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ : सांसद गिरी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएकी छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् ।

त्यस अवसरमा मन्त्री राणाले इजरायलमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरिन् ।

भेटका क्रममा राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

देशमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

विपद् प्रतिकार्यका लागि तयार रहन प्राधिकरणको अनुरोध

नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद
धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ ।

आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिए ।

ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए। बरामद गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना हुँदा ९ वर्षीया छात्राको मृत्यु

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

मूल्य अभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त
बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।

इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते 

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

इरानी सेनाका जासुसी विभाग प्रमुख मारिए, इजरायली पावर प्लान्टमा मिसाइल आक्रमण




















प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ५१ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल