काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता
जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्यो सम्मान
योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्।

सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर औपचारिक रुपमा जेलबाट मुक्त भएका हुन् ।
जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ
रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी
रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ
रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत
सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश अघि बढायो
शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुट-उपगुटका कुरा अन्त्य भइसकेको बताए ।

उनले अब सबैजनालाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।
पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिँदै उनले सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशनसमेत दिए ।
खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल
आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ
जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’
दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत
एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !
नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल
अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ
अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग
ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु
एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।
कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ। त्यसैले प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग रिटमा गरिएको छ।
शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा. सुवेदी नियुक्त
डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)
पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तुवाँलोले ढाकेको छ । तुवाँलोबीच पर्यटकको चहलपहल भने उस्तै छ ।

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेषगरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन् ।
हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्धस्थलको चहलपहल बढेको छ।
धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता
तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै
विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
इयुको ९० अर्ब युरो सहयोग सम्झौता
युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन ।

लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबाबमा रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ र २०२७ मा युक्रेनलाई करिब एक खर्ब ३७ अर्ब युरो (एक खर्ब ६१ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ । किएभ सरकार टाट पल्टिने सङ्घारमा पुगेको बताइँदै आएको छ र वसन्तसम्म नगद अभाव झेल्नुपर्ने अवस्था रहेको छ ।
बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार
अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी
अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल
सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
शेख हसीनाको सत्ता ढालेका उस्मान हादी : जसको हत्याले बंगलादेशभर निम्तियो हिंसा र विध्वंश
बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने













प्रतिक्रिया