काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
बजेट अधिवेशनको पहिलो दिन नै संसद्लाई शीर्ष नेताको उपेक्षा
प्रतिनिधिसभाको छैटौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रतिनिधि सभाको यो सत्रलाई बजेट अधिवेशनका रुपमा पनि चिनिन्छ ।
संसद्लाई जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो मानिन्छ । संसद् बैठकमा राष्ट्रिय मुद्दाहरूमा बहस गरेर जनताको चाहनाअनुरूपका निर्णय लिइन्छन् । संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानुन निर्माण गर्नु नै हो ।
संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढीकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुर्याउँछ ।

प्रभावकारी संसद्ले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानुन बनाउँछ ।
सरकारले नागरिकको असन्तुष्टि चिर्ने गरी काम गर्नसकोस्– एमाले सचिव विष्ट
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
संसदमा वर्षमानले भने- यो सरकार बनेपछि जनतामा व्यापक निराशा र असन्तुष्टि बढ्यो
एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्
जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट
राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित
एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे
भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र

गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको लुटपाटमा नेपाली कांग्रेसका एकजना नेताका छोराको पनि संलग्नता रहेको खुलेको छ ।
चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना कांग्रेस नेताका छोरा रहेको खुलेको हो ।
नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा लुटपाटमा संलग्न रहेको खुलेको हो ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए ।
उक्त बैठकलाई राप्रपाको तर्फबाट सम्बोधन गरेका लिङ्देले कांग्रेसका भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको बताए ।
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस्
सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्त्व हुन् : मन्त्री पाण्डे
सरकारबारे प्रधानमन्त्री- १४ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने – भूकम्प पुनःनिर्माणमा असाधारण क्षमता देखाउन सफल भयौँ
‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिसन ०८४ मा लागिसक्यो’
शंकर पोखरेल भन्छन्- लोकप्रियवादले समाधान दिँदैन भन्दा एमालेलाई घेराबन्दी गरियो
शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो
आधारभूत विषयमै सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्नु पर्छ : गगन थापा
‘म बिरामी छैन, २५ वर्षपछि बुढो हुन्छु, ओलीबिनाको एमाले र एमालेबिनाको देश कल्पना नगरे हुन्छ’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको बताए । उनले आफू अस्वस्थ्य नरहेको पनि उल्लेख गरे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाबीच ओलीले अहिले नै नेतृत्व नछाड्ने बताएका हुन् ।
पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो केपी ओलीको
कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद
ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त
सत्ता गठबन्धनबीच कुनै विवाद छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् छ ।
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।
सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केही नरहेको उनले बताए । सत्तासमिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ ।
थाइल्यान्डबाट फर्किएका देउवालाई सरकार फेरबदलबारे दुई प्रश्न
आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प
बारपाकमा करोडौं रुपैयाँ लगानीको स्रोत सुनिश्चित भएको छ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भूकम्पको केन्द्रविन्दु बारपाकमा २८ करोड रुपैयाँको लगानीमा ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भएका बताएका छन् ।
‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा शुक्रबार आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।
‘तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन– पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,’ उनले भने, ‘अझै दुई– साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु ।’
मधेशमा स्विस सरकारको आगामी परियोजनाबारे योजना तर्जुमाको तयारी
प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो
सिंहदरबार छिर्ने २५ जनालाई मन्त्रालयले शिक्षकहरूको वार्ता टोली भनिदिएपछि…

शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको बताएका छन् ।
शिक्षक महासंघ र सरकारबीच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको बताएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।
तर, शिक्षक महासंघले भने शुक्रबार मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो ।
वार्ताका लागि सिंहदरबार छिरेका शिक्षक मन्त्रालय नपुगी फर्किए
सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ
नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेका छन् । शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, जितेन्द्र तिमिल्सिना (आर।आर ।क्याम्पस इकाई सभापति), सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल बिष्ट रहेका छन् ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले शान्तिपूर्ण प्रदर्शन आफूहरूको अधिकार भएको भन्दै दमनको जवाफ आन्दोलनले दिने बताए । उनले पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइ नभएसम्म संघर्ष नरोकिने पनि बताए ।
बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए
बालेनलाई कटाक्ष र ओलीको प्रशंसा गर्दै सुनिताको तर्क- स्टन्ट र अरूलाई गाली गरेर देश बन्दैन
थाइल्यान्डमा एउटा जहाज समुद्रमा खस्यो, ६ जना प्रहरी अधिकारीको मृत्यु

थाइल्यान्डको गल्फ अफ थाईल्यान्डमा एक विमान खस्दा त्यसमा सवार सबै ६ जना प्रहरी अधिकृतहरूको ज्यान गएको छ।
यो दर्दनाक घटना बिहान करिब ८:२५ बजे थाइल्यान्डको दक्षिणपश्चिमी क्षेत्र चा-आमनजिक समुद्री तटमा भएको हो। सानो विमान एक प्यारास्युट जम्प प्रशिक्षणको तयारीस्वरूप परीक्षण उडानमा रहेका बेला दुर्घटना भएको हो ।
विमान दुर्घटनापछि आपतकालीन सेवाका अधिकारीले पीडितहरूलाई उद्धार गर्न खोज अभियान सुरु गरेका थिए । केही भिडियोमा पानीमा डुबेको विमानको भग्नावशेष देखिएको छ । उद्धारकर्मी घटनास्थलमा पुगेपछि चार जनाको मृत्यु भइसकेको पुष्टि भयो।
बाँकी दुई प्रहरी अधिकृतहरूलाई बचाउन चिकित्सकहरूले प्रयास गरे पनि सफल भएनन् । ज्यान गुमाउनेमा पाइलट पनि छन् । उनलाई तत्काल अस्पताल लगिएको थियो तर मृत्यु घोषित गरियो ।
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न सहरमा प्रदर्शन
भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष
कश्मीरमा लश्करका दुई सदस्यको घर सेनाले विस्फोट गरेर उडायो
किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी
मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा
भारतको जम्मू(कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।
मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू(कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् ।

ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।
उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक ९सुदीप न्यौपाने० को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।
गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु
गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।
यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।

इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।
अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
पाकिस्तान र इरानबाट एकै दिन छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते
‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’
आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की
कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ
प्रतिक्रिया