आजका समाचार : केही नेताको राहदानी रोक्का गरिने, विगतका भ्रष्टाचारको छानबिन हुने, माओवादीको केन्द्रीय समिति विघटन र इजरायली प्रधानमन्त्री न्यूयोर्कतिर | Khabarhub Khabarhub

आजका समाचार : केही नेताको राहदानी रोक्का गरिने, विगतका भ्रष्टाचारको छानबिन हुने, माओवादीको केन्द्रीय समिति विघटन र इजरायली प्रधानमन्त्री न्यूयोर्कतिर


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ

प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले विगत समयमा भएका भ्रष्टाचारको छानबिन हुने वचन दिइन् ।

उनले भदौ २४ गते जेन-जीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको बताएकी छन् ।

‘निजी घरमा देखिएको नगद रकमबारे सरकारीनिकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दैनिर्वाचन गराउन प्रतिबद्ध छ ।’

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सुरू भयो मतदाता नामावली संकलन, १६ वर्ष पूरा भई नागरिकता लिएकाले नाम दर्ता गराउन सक्ने

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने: मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् ।

प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको बताएका छन्। उनले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने पनि बताएका छन्।

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे

जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन

नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता

माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने

नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै बदलिएका आवश्यकता र अपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् ।

‘२३ भदौले देखाइसकेको छ कि सबै कुरा ठिकठाक थिएनन्। यो सत्य स्वीकार गर्दै भन्नुपर्छ, बदलिएका आवश्यकता र अपेक्षा पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ’, योगेशले भनेका छन् ।

उनले जेन–जी आन्दोलनमाथि भएको दमनको न्यायिक छानबिन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर २४ भदौमा भएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम गरेको पनि उनले बताए। ‘त्यो दिनका अपराधिक गतिविधिले राष्ट्रिय सम्पदा र गौरव जोडिएका संरचनामा क्षति पुर्‍यायो, जसले जेन–जीहरूको पवित्र मागलाई विद्रूप बनायो,’ उनले भनेका छन् ।

भट्टराईले मुलुकलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको चर्चा भए पनि त्यसबारे अहिले धेरै नबोल्ने बताएका छन्। तर संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवन र निर्वाचनमार्फत् देशलाई ‘ट्रयाक’मा ल्याउनु आजको पहिलो कार्य भएको पनि उनले बताएका छन् ।

एमालेमा ६४ वटा पार्टी कार्यालय र १५८ जना नेता-कार्यकर्ताको घरमा आक्रमण

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा बढ्यो चाप

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो

नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन शैलीले आन्दोलन नै संकटग्रस्त भएको बताएका छन् । माओवादी केन्द्रीय समितिको बिहीबारदेखि सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेताहरूले मृत्यु र पैसाको प्रवाह नगर्दा पार्टी बलियो भएको बताए ।

‘जब नेताले मृत्युको प्रवाह गरेनन्, त्यसबेला पार्टी बलियो भयो । जब नेतृत्वले जीवनको लोभ गर्न थाल्यो तब पार्टी कमजोर हुँदै गयो’, उनले भने, ‘नेताले जीवनको लोभ गर्न थालेपछि, परिवार, पैसा र सुन(धनको पछाडि मरिहत्ते गरेर लाग्न थाल्यो । हामी यसकै कारण कमजोर हुँदै गयौँ । त्यहीकारण राम जस्ता नेताहरू आज रावण जस्तो हुने खतराबाट बचाउनुपर्ने भएको छ ।’

नेता किरातीले अब यही यथास्थितिमा पार्टी चल्न नसक्ने बताए । अब महाधिवेशनमा जाँदा पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी पनि उनले बैठकमा प्रस्तुत गरे ।

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनुपर्छ

विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गरेको पाइएका कारण सो कार्य नगर्नरनगराउन आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेर गर्नेलाई कारबाही हुनेछ ।’

काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा बढ्यो चाप

पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालियो

नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षारोपण

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ ।

बेन्जामिन नेतान्याहु। तस्बिर : बिबिसी

विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।

नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।

अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न धेरै काम आवश्यक

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

अमेरिकामा नयाँ घरको बिक्री उच्च





















प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ५८ बजे

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई