आजका समाचार : कुलिङ पिरियड प्रधानमन्त्रीमाथि खनिए प्रचण्ड, विद्याको राजनीतिमा पुनरागमन नस्वीकार्ने एमालेको अडान र कम्बोडिया-थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि | Khabarhub Khabarhub

आजका समाचार : कुलिङ पिरियड प्रधानमन्त्रीमाथि खनिए प्रचण्ड, विद्याको राजनीतिमा पुनरागमन नस्वीकार्ने एमालेको अडान र कम्बोडिया-थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् ।

शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए ।

एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत् र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए ।

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

‘तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय’

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा नेकपा एमालेको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले विधेयकमाथि राष्ट्रियसभामा संशोधन हालेर एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।

‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,’ अध्यक्ष प्रचण्डले भने, ‘एमालेका सांसदहरूले राष्ट्रियसभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको छ ।’

प्रचण्डले पछिल्लो पटक आफ्नो नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे ।

‘सरकार तयार नभएपछि तपाईँहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो,’ उनले भने, ‘आन्दोलनमा उत्रिनु भयो । तर, सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो ।’

प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छ : प्रचण्ड

‘जबजलाई मार्गदर्शक सिद्धान्त बनाइनु घोर दक्षिणपन्थी कुरा हो’- कम्युनिस्ट एकता गर्ने झलनाथ सूत्र

प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू)

काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरूको घुइँचो लागेको थियो । राजधानी लगायत नेपालको तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाउने गर्नको लागि झोर आउने गरेका छन्।

शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।

काठमाडौंको टोखा नगरपालिका झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

खडेरीले रोपाे सुक्न थालेपछि किसान चिन्तित

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व

काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।

७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुङको शनिबार बिहान ८ बजे आफ्नै निवास चितवनमा निधन भएको हो । गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ‘ड्रागन फ्रुट’खेती गरेर वार्षिक आठ लाख सम्म आम्दानी लिने गरेकी छन् ।

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरेकी छन् । उनले बारीमा ४२४ वटा बोट रोपेकी छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।

‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा २५ हजार लगानी लागेको उनले बताइन्। उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आइन् ।

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरै जना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ’, जिसीले भनिन् ।

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’ 

बाँझो जग्गामा व्यावसायिक फूलखेती

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

प्राचीन शिव मन्दिरको भग्नावशेषको निहुँमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया ?

थाइल्याण्ड र कम्बोडियाबीच बिहीबारदेखि शुरु भएको तनाव आज तेस्रो दिन शनिबार पनि जारी छ । हालसम्म दुबै पक्षका ३२ जनाले ज्यान गुमाइसकेका छन् । दक्षिणपूर्वी एशियामा जारी द्वन्द्वका कारण अरु एक लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

सीमा क्षेत्रमा कायम विवादले पछिल्लो द्वन्द्वको रुप लिएको हो । यो विवाद एक सय वर्षभन्दा पुरानो हो । कम्बोडियालाई फ्रान्सले उपनिवेश बनाएको थियो । फ्रान्सेली उपनिवेशकालमा कम्बोडियाको सीमा निर्धारण गरिएको थियो ।

सन् २००८ मा कम्बोडियाले विवादास्पद क्षेत्रमा रहेको ११ औँ शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरेपछि विवाद फेरि बल्झेको थियो ।

थाइल्याण्डले त्यसबेला कम्बोडियाली कदमको कडा विरोध गरेको थियो । त्यसयता सीमा विवादलाई लिएर दुबै देशबीच बारम्बार झडप हुँदै आएका छन् ।

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : ०३ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको