तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ
प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार “यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ”, तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् ।
प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए
महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह
सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री
चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम
कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने
नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यवहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।
पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गीन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रीत रहेको उनले बताए ।
गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?
देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी
राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता
विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार केही नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाएका छन् ।
शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केही नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाएका हुन् ।

उनले मुलुकमा चरम वैदेशिक हस्तक्षेप भएको र संकटको अवस्थामा रहेको बताए । अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको विकल्प नभएको उनको भनाइ छ । उनले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गरे ।
एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन
प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही
आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन
रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते
रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्ने तयारी तीव्र बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल सकारात्मक निष्कर्षमा नपुगेमा ललितपुरको ज्वागलमा निर्माणाधीन घरलाई नै पार्टी कार्यालय बनाइने तयारी गरिएको छ।
ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि सुरु भइसकेको छ। कार्यालय प्रयोजनका लागि कोठा व्यवस्थापन, फर्निचर र अन्य आवश्यक संरचना मिलाउने काम भइरहेको स्रोतले जनाएको छ।

केही दिनयता बालेन शाह ज्वागलमै रहेका आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर विभिन्न राजनीतिक भेटघाट र छलफलमा सक्रिय छन्। रासपासँग सहकार्यको सम्भावनाबारे निरन्तर संवाद भइरहे पनि अन्तिम सहमति भने भइसकेको छैन।
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास
हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’
हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड
गाडीको ठक्करबाट एक जनाको मृत्यु
झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार
सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट
युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्।
किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भनेका छन् ‘राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।’

युक्रेनको वायु सेनाले पनि शनिबार बिहानै देशव्यापी हवाई आक्रमण हुने भन्दै नागरिकहरूलाई अतिआवश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो । सेनाले सामाजिक सञ्जालमार्फत् ड्रोन र मिसाइलहरू राजधानीसहित धेरै युक्रेनी क्षेत्रहरूमा आइरहेको बताएको थियो । किएभमा रहेका एएफपी संवाददाताहरूले धेरै ठूलो ठूलो विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।
थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता
दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय













प्रतिक्रिया