साप्ताहिक ब्रिफिङ : ‘नो केबलकार’मा सहमति नहुने कांग्रेसको भनाइ, एमाले सबैभन्दा धनी र कुलमानसँग निरन्तर निहुँ खोज्दै ऊर्जामन्त्री | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ‘नो केबलकार’मा सहमति नहुने कांग्रेसको भनाइ, एमाले सबैभन्दा धनी र कुलमानसँग निरन्तर निहुँ खोज्दै ऊर्जामन्त्री


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा

राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । गत माघभित्र ८८ वटा राजनीतिक दलले आयोगमा प्रतिवेदन बुझाएका छन् ।

आयोगमा हालसम्म ११५ दल दर्ता छन् । जसमा ८८ दलको लेखा परीक्षण प्रतिवेदन आयोगमा पुगेको हो ।

आयोगमा बुझाइएको विवरणअनुसार प्रमुख सत्तारुढ दल नेकपा (एमाले) सबैभन्दा धनी देखिएको छ ।

एमालेले आ.ब.२०८०-८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ । जसमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च भएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

एमाले आफ्नो प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतका रुपमा सदस्यता शुल्कलाई उल्लेख गरेको छ। एमालेले गत आर्थिक वर्षमा सदस्यता शुल्कवापत ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको आयोजमा बुझाएको विवरणमा उल्लेख छ ।

दलहरूको आम्दानी : एमाले, माओवादी, रास्वपाको सदस्यता शुल्क र नवीकरण, कांग्रेसको चन्दा !

नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने

पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए ।

पाथीभराबारे कांग्रेसको निष्कर्ष- ‘नो केबलकार’मा सहमति हुन सक्दैन

परराष्ट्रमन्त्री भन्छिन्- विपिनबारे यथार्थ जानकारी पाइएन, रिहाइको पहल जारी छ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् ।

पूर्वराजदूत कर्णको टिप्पणी- भूमिसम्बन्धी अध्यादेश संसद्‍ले पारित गरे मुलुकमा लुटतन्त्र मच्चिन्छ

भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ : मन्त्री दाहाल

‘राम्रो काम गरेकैले कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी भएको हो’

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ

‘अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔँ’

‘सरकारले निराशा चिर्न सकेन, दुईतिहाइ छँदैछ भन्दै ढुक्कसँग बस्यो’

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालयले शनिबार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि जिकिर गरे । इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए ।

प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली !

मधेशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्छौँ : अध्यक्ष दाहाल

रास्वपाबाट निर्वाचित काठमाडौंका वडासदस्यको शपथ ग्रहण 

पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि माओवादीको अभियानमा

ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिचेर अघि बढ्ने कुरामा उस्ताद भएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीमाथि गम्भीर टिप्पणी गरेका हुन् ।

‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’

नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे ।

उनले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए ।

जापानबारे प्रधानमन्त्री भन्छन्- आयात-निर्यातको सम्बन्ध विकसित हुन थालेको छ

हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्ति
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने तयारी गरेको छ ।

पछिल्लो समय आफूले भनेको नटेरेको भन्दै जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का आक्रोशित भइरहेका बेला सरकारले उनलाई हटाउने तयारी गरेको हो ।

सम्भवतस् सोमबार नै साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट उनलाई हटाउने तयारी छ । कुलमानलाई हटाउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति बनिसकेको बताइएको छ ।

कुलमानलाई हटाउन यसअघि नै ऊर्जामन्त्री दीपक खड्काले पटक पटक प्रयास गरिसकेका छन् । घिसिङलाई पटक पटक स्पष्टीकरणसमेत सोधिएको छ । घिसिङलाई असहयोग गरिरहेका ऊर्जामन्त्री खड्काले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमै आफ्नो कार्यकक्ष बनाइसकेका छन् ।

यस्तोमा ऊर्जा मन्त्री खड्काले आफ्नो विरोध गर्ने कर्मचारीलाई आइतबार जिम्मेवारीबाट हटाउन घिसिङलाई लिखित निर्देशन नै दिएका थिए । त्यस पहिले पनि आफ्नो विरोध गर्ने ती कर्मचारीलाई नहटाएको भन्दै घिसिङसँग खड्का रुष्ट थिए ।

कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

एनआरएनएको विवाद मिलाउन शेष घले सक्रिय, आगामी वैशाखमा एकता महाधिवेशन गरिँदै

उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्वासीको नाममा राज्यको जग्गा हडेपेर बिक्री–वितरणका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् ।

पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् ।

‘सुकुम्वासीको नाममा भूमाफिया, बिचौलियाहरू, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ,’ यादवले भने ।

नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने

भाइरल भयो हर्क साम्पाङ र वीपीका रजिष्ट्रारको भनाभन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौलाबीच तरकारी बजारको विषयमा भनाभन भएको छ ।

वीपी प्रतिष्ठानले ग्रिनबेल्टका रुपमा छाडेको आफ्नो स्वामित्वको जग्गामा धरान उपमहानगरपालिकाले तरकारी बजार लगाउने तयारी गरेपछि विवाद शुरु भएको थियो । साम्पाङले बिहीबार धरान–१८ मा शिलान्यास गरेको तरकारी बजार निर्माणस्थलमै भनाभन भएको हो । तरकारी बजार शिलान्यास नहुँदै विवादित बनेको छ ।

वीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौलाले आपसी छलफल र सहमतिविनै मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्यास गरेको आरोप लगाएका छन् ।

बिहीबार शिलान्यास भइरहेका बेला प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्य प्रसाद संग्रौला आफैं फिल्डमा पुगेर निर्माण कार्य रोक्न आग्रह गरेका थिए ।

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुपाल्चोक भूकम्प- भाग्ने क्रममा कैदीको हात मर्कियो, प्रहरीको दाँत भाँचियो, अर्का व्यक्तिको टाउको फुट्यो

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पका क्रममा कम्तीमा तीनजना घाइते भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पका क्रममा भौतिक संरचनाले किचेरभन्दा भाग्ने क्रममा दुईजना घाइते भएका हुन् ।

सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ?

भूकम्पको केन्द्र सिन्धुपाल्चोकमा कति क्षति भयो ?

दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाए

दार्चुलामा नेपाली सेनामा कार्यरत एकजना जवानले आफ्नै घरमा आगो लगाएका छन् । सेनाका जवानले आगो लगाउँदा लाखौंको क्षति भएको छ ।

महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौरसिंह महराले बिहीबार (हिजो) राति आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार आगो लगाउँदा ढुङ्गा र काठले बनेको ६ कोठे दुई तले घर जलेर नष्ट भएको छ ।

घरबिदामा आगो लगाएका ती सेनाका जवानको मानसिक अवस्था ठीक नरहेको दाबी स्थानीयबासीले गरेका छन् ।

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता

भारतको उत्तराखण्ड राज्यस्थित चमोलीको मानामा सडक निर्माणमा संलग्न ५७ जना कामदार हिमपहिरोमा फसेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धामअगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । त्यस स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू खटिएका बेला घटना भएको बताइएको छ ।

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु

तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न आग्रह
हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।

जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।

सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ ।

यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।

श्रीलंकामा मानव र हात्तीबीचको द्वन्द्वमा ठूलो जनधनको क्षति

अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प

इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर
अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ ।

मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने, ‘हामी यसलाई अदालतमा नै हेर्नेछौँ।’

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रबार अपराह्न वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ ।

रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ?

उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी

बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

फाइनल खेलमा म्यान्मारविरुद्ध भिडेको नेपालले पहिलो हाफमा पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

दशरथ रंगशालामा साँझ ६ बजेदेखि भइरहेको फाइनल खेल करिब १२ हजार दर्शकबीच भइरहेको छ । नेपालले पहिलो हाफमा पाएका गतिला अवसर खेर फ्याँक्दा चुक्चुकाउनु परेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ ।

तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि

नेपाली समर्थकले भरियो दशरथ रंगशाला (तस्बिरहरू)

पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : १३ बजे

बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

मुस्ताङ – उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको

सरकारले फागुन २२ गतेभित्र अध्यादेश निर्णयार्थ पेश गर्ने

काठमाडौं – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको