आजका समाचार : असार १५ राष्ट्रपतिदेखि कृषकसम्म हिलोमा पसे, निजामती सेवा विधेयक पारित र फुटबल-क्रिकेटमा एकै दिन ठूलो अन्तरको जित | Khabarhub Khabarhub

आजका समाचार : असार १५ राष्ट्रपतिदेखि कृषकसम्म हिलोमा पसे, निजामती सेवा विधेयक पारित र फुटबल-क्रिकेटमा एकै दिन ठूलो अन्तरको जित


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

असार १५ : रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ ।

खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रूपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दहीचिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’

किसानको प्रगतिविना देशको विकास सम्भव छैन : नेता सिटौला

खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक (तस्बिरहरू)

तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरू त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरूले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्‍मती र खोकनाका स्थानीय यति बेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन हो ।

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध’

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान

राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताए । उनले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताए ।

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिए । उनले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताए ।

प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेनको औपचारिक भ्रमणका लागि त्यसर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री 

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग

भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ ।

आइतबार बसेको बैठकमा रास्वपा सांसद डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप–प्रत्यारोप भएको हो ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अर्याललाई बोल्न समय दिए। सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झूटो आरोप लगाएको भन्दै आपत्ति जनाए ।

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी

भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

रास्वपा र राप्रपालाई सभामुखले भने- विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाइदिनुस्

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको छ । शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले दिएको कडा अभिव्यक्तिले पार्टीमा हलचल ल्याएको हो ।

उनले शनिबार लुम्बिनीमा अध्यक्ष माधवकुमार नेपालका कारण एकीकृत समाजवादि संकटमा परेको बताएकी थिइन् । उनले अब पुनर्गठन गरेर जानुपर्ने र त्यसका लागि अर्ली महाधिवेशन गर्न पनि प्रस्ताव गरिन् ।

‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !

बागमतीको जलस्तर बढ्दै, नदी किनारमा सावधानी अपनाउन आग्रह

काठमाडौंसहित देशका अधिकांश स्थानमा शनिबार रातिदेखि वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह पनि बढ्दो क्रममा छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौंकोस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सुरक्षित रहन आग्रह गरेको छ ।

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

फ्रान्समा समुद्र तट र पार्कमा धूम्रपान निषेध

फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धूम्रपान गर्न रोक लगाइएको छ ।

बालबालिकालाई निष्क्रिय धूम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।

शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि

तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु

इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो

एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेकाे हो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : १३ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो