संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने
फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको छ। बुधबार कांग्रेस सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा सिंहदरबारमा बसेको बैठकले शीर्ष नेताहरूबाट सम्बोधन हुने सहमति जुटाएको हो। यसरी सम्बोधन गर्ने शीर्ष नेतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले बोल्नेछन् ।
उनीलाई पायक नपरेको खण्डमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने सम्भावना छ । उता नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तालिका तय भएको छ।

नेपाली कांग्रेसले कसलाई बोल्न दिन्छ भन्ने अहिलेसम्म टुङ्ग्याएको छैन। कांग्रेसले अझै पनि संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । सभापति गगन थापासहित अधिकांश पराजित भएको अवस्थामा दलको नेता चयन हुन बाँकी छ ।
कांग्रेसमा अहिले शेरबहादुर देउवा पक्ष र संस्थापन गगन थापा पक्षबीच किचलो देखिएको छ। केही सांसदहरू देउवा पक्षमा पनि देखिँदा झमेला हुने सम्भावना छ। यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् । नेकपाबाट संसदीय दलको नेतामा चयन भइसकेका पुष्पकमल दाहाल प्रचण्ड बोल्नेछन् ।
राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने
विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने
गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा
उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास
मधेशका सांसद्लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने
हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष
नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललाई कार्यवाहक तोकेका हुन् ।
अध्यक्ष ओली हिरासतमुक्त नहुन्जेलसम्मका लागि पार्टी उपाध्यक्ष बादललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । उनी आजै एमाले संसदीय दलको नेता चुनिएका छन् ।

जेन–जी घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसअनुसार ओली हाल ज्यासम्बन्धी कसुरमा हिरासतमा छन् । उनको बन्दीप्रत्यक्षीकरणकोे मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर
एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन
बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन
सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास
एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु
बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी
महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट
एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)
कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन गर्ने निर्णय गरेको छ।
चैत्र १८ गते बीपी स्मृति भवन मा बसेको समितिको बैठकले विभिन्न जिल्ला र उम्मेदवारबाट प्राप्त उजुरीलाई वर्गीकरण गरी यथाशीघ्र टुंगो लगाउने निर्णय गरेको हो।

समितिका अनुसार उजुरीहरूलाई स्वतन्त्र उम्मेदवार बनेका वा प्रस्तावक–समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष प्रचारमा संलग्न, अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग गरेका, ‘साइलेन्स किलिङ’ गरेको तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विपक्षीलाई सहयोग गरेको लगायतमा वर्गीकरण गरिएको छ।
समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले छानबिनपछि अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिसँग ७ दिनभित्र स्पष्टीकरण मागिने निर्णय पनि गरिएको छ।
पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्याए कांग्रेसले कारबाही गर्ने
गोली चलाउन आदेश दिने रिजाल छुट्दा ओली र लेखक किन हिरासतमा ?
काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए
एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी
नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन
कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी
चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते
गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग
निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया
बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै
वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै
अरुण तेस्रो जलविद्युत् आयोजना : तलब नपाएपछि काम ठप्प पारेर आन्दोलनमा मजदुर
वीरगन्ज हुँदै भित्रियो २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा
इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो
विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको फुटबल संकटमा परेको छ । मंगलबार राति सम्पन्न युरोपियन प्लेअफमा तुलनात्मक रूपमा कमजोर मानिएको ६६औं वरीयताको बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

सन् २०१८ मा स्विडेन र २०२२ मा उत्तर म्यासेडोनियासँग स्तब्ध बनेको इटालीका लागि यो हारले राष्ट्रिय टोलीको खस्कँदो साखलाई देखाएको छ । बोस्नियाको बिलिनो पोल्ये रंगशालामा भएको तनावपूर्ण खेलमा इटालीले अधिकांश समय १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
खेलको सुरुवातमै मोइसे किनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर डिफेन्डर अलेसान्द्रो बास्तोनीले सिधै रातो कार्ड पाएर मैदान छाडेपछि इटाली दबाबमा आएको थियो । खेलको ७९औं मिनेटमा बोस्नियाका वैकल्पिक खेलाडी हारिस तबाकोभिचले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।
युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित स् रोकिएला द्वन्द्व ?
एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम हुनसक्ने बलियो सङ्केत दिएका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानी समकक्षीले अमेरिकासँग युद्धविरामको प्रस्ताव गरेको दाबी गरेका हुन् ।
यद्यपि त्यसका लागि शुरुमा होर्मुजको जलक्षेत्र खुला हुनुपर्ने उनको भनाइ छ । अन्यथा इरानलाई ढुङ्गेयुगमा पुग्नेगरी ‘पड्काइरहने’ चेतावनी पनि उनले दिएका छन् । इरानमा जारी युद्धबाट कसरी उम्कौँ भन्ने भाउँतामा रहेका ट्रम्पले इरानी राष्ट्रपतिले गरेको भनिएको प्रस्तावकै आधारमा युद्ध विराम गर्नसक्ने एकाथरी विश्लेषकको आँकलन छ ।

इरानको शक्तिशाली लडाकु दस्ता इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीले ट्रम्पको भनाइप्रति कडा टिप्पणी गरेको छ । आईआरजीसीले अमेरिकी राष्ट्रपतिको हास्यास्पद तमासाले दुश्मनका लागि होर्मुजको जलक्षेत्र खुला नहुने टिप्पणी गरेको छ । इरानले बारम्बार अमेरिकासँग कुनै किसिमको वार्ता भइरहेको भन्ने समाचार खण्डन गर्दै आएको छ ।
श्रीलंकाद्वारा ३९ देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी
अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू
चन्द्र यात्राको नयाँ अध्याय : आर्टेमिस–२ तयारीमा
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै
इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ
इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते
भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत
















प्रतिक्रिया