आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण « Khabarhub

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गरेका हुन्।

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो
काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ

आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

उनले भने, ‘उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबी खोलाको देवीनगर क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य जारी छ ।’

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच आपसी हितका विषयमा छलफल भएको छ । गोरले विशेषगरी द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू निकै आशालाग्दा छन्। हामी आगामी दिनमा निकट रहेर काम गर्न तत्पर छौँ।’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।

बिहीबार साँझ काठमाडौं आएका गोरले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्‍याएका छन् ।

समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचनाहरू मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् ।

क्षतिको स्तर फरक–फरक रहेको बताइएको छ । केही स्थलहरू पूर्ण रूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ ।

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध


















प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : १८ बजे

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा