साप्ताहिक अर्थ समाचार : प्रधानमन्त्री कोषमा सहयोग बढ्दै, बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडी छाडिने, ग्यास आपूर्ति बढाउँदै साल्ट ट्रेडिङ र जापानको ब्याजदर बढ्ने अनुमानबीच बलियो येन « Khabarhub

साप्ताहिक अर्थ समाचार : प्रधानमन्त्री कोषमा सहयोग बढ्दै, बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडी छाडिने, ग्यास आपूर्ति बढाउँदै साल्ट ट्रेडिङ र जापानको ब्याजदर बढ्ने अनुमानबीच बलियो येन


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

चाप नियन्त्रण र आवगमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीको तौल सीमा अधिकतम १० टन तोकेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल-खुर्कोट खण्डमा मालवाहक गाडीको समय व्यवस्थापन गरिएको छ।

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन् काइरोस हेलिक्स कम्पनी

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई दिइने भएको छ । नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंले बुधबार सो सहमति गरेका हुन् ।

सहमतिमा ग्यास बिक्रेताहरूले हाललाई व्यावसायिक प्रयोजनको लागि बिक्री वितरण रोकेर अति आवश्यक उपभोक्तालाई बिक्री गर्ने भनिएको छ ।

साथै, सहमतिमा ग्यास बिक्रेताहरूले विद्यार्थी, अशक्त, बिरामी, जेष्ठ नागरिक, विभिन्न आश्रम, बाढी पीडितको लागि खुलेका सेल्टर आदिलाइई आवश्यकताअनुसारको ग्यासको व्यवस्था मिलाउने उल्लेख छ ।

बाजुरामा स्याउ पाक्यो, ढुवानी समस्या

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी आउने गरेको देखिएको छ ।

साथै, नेपालमा प्रतिवर्ष वास्तविक लगानीको तुलनामा लाभांश फिर्ताको रकम पनि धेरै माथि हुने नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक गरिएको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०८१/८२ को सर्वेक्षण प्रतिवेदन’ले देखाएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल वैदेशिक लगानीको प्रवाह १२ अर्ब पुगेको छ । कुल लगानी प्रवाह सकारात्मक रहे पनि सोही अवधिमा ४.७ अर्ब बराबरको विदेशी लगानी फिर्ता भएको छ, जुन कुल प्रवाहको करिब ३९.२ प्रतिशत हुन आउँछ ।

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

स्याउखेतीमा कर्म गुरुङको छलाङ

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको छ । जापानी मौद्रिक अधिकारीहरूले विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न सक्ने सम्भावना र बैंक अफ जापानले यो वर्ष ब्याजदर अझ आक्रामक रूपमा बढाउन सक्ने लगानीकर्ताहरूको अनुमानका बीच अमेरिकी डलरको तुलनामा येन मजबुत बन्न पुगेको हो ।

बिहीबारको कारोबारमा येन प्रति अमेरिकी डलर १५७.६ सम्म पुगेर बलियो भएको छ । यसअघि येन लगातार कमजोर हुँदै प्रति डलर १६० को सीमा नजिक पुगेको थियो । डलरका साथै युरो र ब्रिटिस पाउन्डको तुलनामा पनि येनको मूल्यमा सुधार आएको छ ।

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

जाइरोङ नाकामा खोज–उद्धार जारी

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ५९ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण