आजका समाचार : डोल्पामा पहिरो, गगनले गरे सरकारको आलोचना, विश्वकपमा नर्वे र ब्राजिलको भीडन्त र कङ्गोमा समुदायस्तरमा इबोला फैलिँदै « Khabarhub

आजका समाचार : डोल्पामा पहिरो, गगनले गरे सरकारको आलोचना, विश्वकपमा नर्वे र ब्राजिलको भीडन्त र कङ्गोमा समुदायस्तरमा इबोला फैलिँदै


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छ । यस अवसरमा विभिन्न मन्त्रालयहरूले सयदिने उपलब्धिको लामो सूची सार्वजनिक गरेका छन् । गठन भएकै बेला सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

उक्त सूचीको बुँदा नम्बर ९१ मा देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको ‘एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण’ ६० दिनभित्र सम्पन्न गरिसक्ने वाचा गरिएको थियो । तर, सरकारको यो वाचा र प्रत्यक्ष रूपमा चालेको कदमबीच ठूलो खाडल देखिएको छ । सरकारले वाचा गरे अनुरूप देशभरका सुकुम्वासी बस्तीहरूमा डोजर त चलायो, तर उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापना गर्न भने पूर्ण रूपमा असफल देखियो ।

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति नलिएको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने धारणा राखे ।

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।

अनुगमनका क्रममा माननीय मन्त्रीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरिन् ।

सो क्रममा मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसेर प्रत्यक्ष संवादसमेत गरेकी थिइन् । गृहका पदाधिकारी तथा अन्य टोलीका सदस्यहरूलाई समेत बाहिरै राखेर उनले कानुनी विवादमा परेका बालबालिकाको धारणा सुनेकी थिइन् ।

उक्त संवादका क्रममा बालबालिकाले आफूहरूलाई प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, विज्ञान तथा प्रविधिको युगअनुसार सूचना प्रविधि, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा आज राति ब्राजिल र नर्वेबीच रोमाञ्चक भिडन्त हुँदैछ । पाँच पटकको विश्व विजेता ब्राजिल र युरोपेली टोली नर्वे न्यू जर्सी स्टेडियममा नेपाली समय अनुसार आज राति पौने दुई बजे प्रतिस्पर्धामा उत्रिँदैछन् । यस खेलमा विश्व फुटबलका दुई चर्चित फरवार्डहरू ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डबीचको रोचक प्रतिस्पर्धा हेर्न पाइनेछ ।

विश्व फुटबलमा ऐतिहासिक दबदबा बनाएको ब्राजिलका लागि नर्वे सधैँ कठिन प्रतिद्वन्द्वी सावित हुँदै आएको छ । विगतमा ब्राजिल र नर्वेबीच भएका चार भेटमा ब्राजिलले एक खेल पनि जितेको छैन । चारमध्ये नर्वेले दुई खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । ब्राजिल यस पटक पाँचौँ प्रयासमा इतिहास बदल्ने दाउमा छ ।

विश्वकपमा गुलाबीको बुटको फेसन

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ । कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।

पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

चीनद्वारा पास्टर एज्रा जिन रिहा

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ०९ बजे

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला