साप्ताहिक ब्रिफिङ : रास्वपाबाटै बालेनलाई घेराबन्दी, कांग्रेसको विवादमा नयाँ चरणमा र थाइल्यान्डमा गोलीकाण्ड, शिक्षकसहित ६ जनाको हत्या « Khabarhub

साप्ताहिक ब्रिफिङ : रास्वपाबाटै बालेनलाई घेराबन्दी, कांग्रेसको विवादमा नयाँ चरणमा र थाइल्यान्डमा गोलीकाण्ड, शिक्षकसहित ६ जनाको हत्या


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च अदालतले बिहीबार कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारेको मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्न आदेश दिएको हो ।

प्रधान्यायाधीश डा। श्री मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो । यससँगै कांग्रेसको मुद्दामा सर्वोच्चबाट पुनरावलोकन अनुमति पनि मिलेको छ।

सर्वोच्चले यसअघि गगन थापा समूहलाई आधिकारिकता दिने गरी गरेको फैसलासम्बन्धी मुद्दाको अब सुरूदेखि नै सुनुवाइ हुने भएको छ।

२०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने आफ्नै फैसला अब सर्वोच्चले पुनरवलोकन लाने भएको हो । तत्कालीन सभापति देउवाले गगनलाई आधिकारिकता दिने निर्णसम्बन्धी मुद्दाको पुनरावलोकन मागसहित निवेदन दिएका थिए।

विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

२०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको काममा समर्थन र मौनता साँध्ने नीति लिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) विस्तारै आलोचनामा उत्रिन थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराए।

बैठकमा बोल्ने केही सांसदहरूले सरकारको आलोचना गरे । उनीहरूले सरकारले अन्य पक्षसँग सल्लाह नगरेको, समस्या केहो यथार्थ नभनेको, आफूहरूलाई पनि जिम्मेवारी दिन वा जनतामा सत्य भन्न आवश्यक रहेको जस्ता विचार अभिव्यक्त गरे ।

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सरकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर
पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले गत फागुनको चुनावअगाडि स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बुधबारबाट औपचारिक रूपमा विभाजन भएको छ।

नेपाली राजनीतिमा तेस्रो धार र वैकल्पिक शक्तिको हाँक दिएर उदाएको प्रलोपा भट्टराईको पहलमा स्थापना भएको अन्तिम पार्टी पनि थियो । तर, राजनीतिक कार्यक्रम, जिम्मेवारी बाँडफाँट, समन्वय लगायतका विषयमा विवादित हुँदै गएर अन्ततः पार्टी विभाजन भयो ।

अर्थात् पार्टीले वैकल्पिक चरित्रको न्यूनतम् मानक प्रदर्शन गर्न सकेन र बुबार दुवै पक्षले औपचारिक रूपमै सम्झौता गरेर आ–आफ्नो बाटो’ लाग्ने निर्णय गरेका हुन् ।

प्रलोपाको अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा शोव र सन्तोष परियारबीच बुधबार भएको आठबुँदे लिखित समझदारीले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्नको व्यवस्थापनलाई टुंगो लगाएको छ ।

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाटो लागेका छन् ।

भक्तपुरको गुन्डुस्थित ओलीको निवासमा भएको छलफलमा कोशी प्रदेशका इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी पनि सहभागी थिए । त्यहीँ मुख्यमन्त्री कार्कीले राजीनामा दिने अडानसहित कुरा राखेर हिँडेका हुन्।

कार्कीमाथि अध्यक्ष ओली र उनीनिकट शेरधनले चर्को दबाब दिइरहँदा कार्की टसमस भएका छैनन्। त्यसैका लागि निर्णायक छलफल गर्न ओलीले कार्कीसहित कोशीको टिमलाई बोलाएको थियो।

‘मैले आफ्नो कुरा राखेर निस्किएँ। पार्टी सचिवालय बैठकबाटै आधिकारिक निर्णय गरेमा विचार गर्नेछु’, उनले ओलीसँग राखेका कुराबारे भने, ‘कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को ५ बमोजिम बनेकाले अहिले तत्काल अरू विकल्पमा जान सक्ने अवस्था पनि छैन।’

आजको भेटमा ओलीले हिक्मतलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। अरु नेतालाई पनि अवसर दिनुपर्ने कारण विकल्प खोज्ने पक्षमा पुगेको जानकारी उनले गराए । ओलीले कार्कीलाई भनेका थिए, ‘अरुलाई पनि अवसर दिनुपर्छ । तपाईंलाई पटकपटक मैले अवसर दिएकै हो। अब अर्कोलाई सात-आठ महिना जति हुन्छ, मुख्यमन्त्री बनाऊँ। तपाईंले मार्ग प्रशस्त गरिदिनुहोस् ।’

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा ३ शिक्षक र ३ विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नोन्थाबुरी प्रान्तस्थित डेबसिरिन नोन्थाबुरी विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। प्रारम्भिक अनुसन्धानमा विद्यालय जानुअघि उनले आफ्नै घरमा हजुरबुबा र हजुरआमाको समेत हत्या गरेको खुलेको छ। दुवैको शव घरबाट बरामद गरिएको छ।

गोलीकाण्डमा प्रयोग गरिएको ९ एमएम पिस्तोल विद्यार्थीका हजुरबुवाको नाममा दर्ता भएको हतियार रहेको प्रहरीले जनाएको छ। हजुरबुवा स्वयम् शिक्षक थिए। घटनापछि आरोपी विद्यार्थी पनि गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ।

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा
अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित समुद्री ड्रोन आक्रमणका कारण विश्वव्यापी तेल ढुवानी प्रभावित भएको भन्दै ऊर्जा आपतकाल घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा गभर्नर ब्राउनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पेट्रोलमा लाग्ने राज्यस्तरीय प्रयोग तथा उत्पादन शुल्क (एक्साइज ट्याक्स)स्थगनको अवधि सेप्टेम्बर ५ सम्म थपिएको जानकारी दिए। यो स्थगन शुक्रबारदेखि अन्त्य हुने तय भएको थियो।

गभर्नरको कार्यालयका अनुसार हालै कालो सागर र केर्च जलडमरूमध्य क्षेत्रमा रूस–युक्रेन युद्ध समुद्री ड्रोन युद्धमा रूपान्तरण हुँदै जाँदा तेल ढुवानी मार्गमा अवरोध सिर्जना भएको छ। यसका साथै, क्यानडाको अल्बर्टा तेल उत्पादन क्षेत्रमा लागेको डढेलोले पनि आपूर्तिमा असर पारेको उल्लेख गरिएको छ।

यी कारणले इन्धनको मूल्य सामान्य आर्थिक अवस्थाभन्दा बाहिर ‘अस्वाभाविक’ रूपमा बढेको दाबी गरिएको छ।

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

हर्मुजमा इरान–ओमान सहमति नजिक

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ४४ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट