आजका समाचार : राष्ट्रिय उद्योगले आशा जगाएको प्रधानमन्त्रीको दाबी, ग्यास पाउनै गाह्रो, अग्रगामी मोर्चा गठन र मेसीका बुवाको निधन « Khabarhub

आजका समाचार : राष्ट्रिय उद्योगले आशा जगाएको प्रधानमन्त्रीको दाबी, ग्यास पाउनै गाह्रो, अग्रगामी मोर्चा गठन र मेसीका बुवाको निधन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका र सर्वसाधारणमा निराशा पैदा गरेका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका आशालाग्दा परिणाम देखिन थलेको बताएका छन् ।

उनले आज बिहान समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई जीवन्त र प्रतिस्पर्धी बनाउन अपनाएको सहजीकरण, उत्प्रेरणा र समन्वयको नीतिका कारण मुख्य संस्थानहरू आफ्नै गोडामा उभिने दिशामा अघि बढेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको बताएका हुन् ।

उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने उल्लेख गरेका छन् ।

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा
मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको छ। जनता समाजवादी पार्टी ९जसपा० नेपालसहित सात दलले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।

थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मोर्चामा सहभागी भएको घोषणा गरे।

नयाँ मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समेत सहभागी भएको छ।

मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास भइरहेका बेला सात दल एकै ठाउँमा आएपछि नयाँ मोर्चाले आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने संकेत देखिएको छ। मोर्चाले साझा राजनीतिक मुद्दा र एजेन्डाका आधारमा अघि बढ्ने तयारी गरेको बताइएको छ।

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच तथा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँ का दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ। ग्यासको कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीको महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

सभापति थापाले कांग्रेसलाई आफ्नो मौलिक इतिहास, त्याग र संघर्षको जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाउनुपर्ने बताए। उनले कांग्रेसलाई सत्ता र शक्ति आवश्यक भए पनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नरहेको धारणा राखे।

उनले सेवा भावना र नागरिकका अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता भएको बताए।

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी
भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि प्रभावितहरूले विरोध कार्यक्रम गरेका हुन्।

मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्दै भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ।

‘आवास अधिकार, भूस्वामित्व र सामाजिक न्यायका लागि’ भन्दै मोर्चाले सरकारसमक्ष तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घरटहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने तथा प्रभावित परिवारसँग तत्काल संवाद गरी समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने मोर्चाको माग छ।

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

नियमित कोटाको रासायनिक मल वितरण सुरु

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु
मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा दश जनाको मृत्यु भएको जनाइएको छ ।

इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकार बीच सन् २०२२ मा भएको युद्धविराम गत महिना देखि अन्त्ये हुँदा बिहीबार मारिब प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्तीमा ५८ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रन्डबर्गले एक विज्ञप्ति जारी गर्दै यमनले सन् २०२२ अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविराम पछिको समयमा पनि यमनका विभिन्न क्षेत्रमा ठूलो द्वन्द्वको जोखिमको सामना गरिरहेको जनाए ।

संयुक्त राज्य अमेरिका र इरानबीचको तिक्तताको बीचमा, उहाँले दुवै पक्षलाई संयमीतता अपनाउन र सद्भावसहित वार्तामा फर्कन आह्वान गरेका छन् ।

मारिबमा हालै भएको हुथी आक्रमणमा आठ जना सरकारी सेनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको यमनी सैन्य स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

जर्ज मेसी लियोनल मेसीको फुटबल करियरका सुरुवाती दिनदेखि नै महत्वपूर्ण अभिभावक र सल्लाहकारका रूपमा रहेका थिए।





















प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ८ : ११ बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा