आजका समाचार : कांग्रेसका नेता-कार्यकर्ता चुनावमा आफ्नो भूगोलबाहिर जान नपाउने, रेशम चौधरीलाई चुनावको ढोका बन्द र इंग्ल्याण्डसँग नेपालको पीडदायी हार « Khabarhub

आजका समाचार : कांग्रेसका नेता-कार्यकर्ता चुनावमा आफ्नो भूगोलबाहिर जान नपाउने, रेशम चौधरीलाई चुनावको ढोका बन्द र इंग्ल्याण्डसँग नेपालको पीडदायी हार


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ’, राष्ट्रपति पौडेलले भने, ‘राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न ।’

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रियगानले व्यक्त गरे झैँ नेपाल सयौँ थुङ्गाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गरे ।

ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागि सरकार गम्भीर : मन्त्री श्रेष्ठ

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

एचपीभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

कांग्रेसको चुनावी नीति : क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूलाई परिचालन गर्न `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने तयारी गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं. २१ मा यो विषय उल्लेख गरेको छ ।

कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : मन्त्री चौलागाईं

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो, सबैभन्दा अगाडि रास्वपा

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू

‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

रेशम चौधरीले चुनाव लड्न नपाउने

थापालाई श्रद्धाञ्जली दिन पुगेका कलाकार भावुक (तस्बिरहरू)

शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा पुर्‍याएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि थापाको शव चलचित्र विकास बोर्डमा पुर्‍याइएको हो ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन्

विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए

धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान् शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् ।

आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो ।

तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिए । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

उत्तर कोरियाको पार्टी सम्मेलन

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बङ्गलादेश चुनाव र शक्ति सन्तुलन

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

जापानमा ताकाइचीको जितको अपेक्षा

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित

आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो ।

इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गरे ।

तस्बिरमा हेर्नुस् नेपाल र इङ्ल्यान्डबीचको प्रतिस्पर्धा

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ५२ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल